लमजुङ । महिला आपसी सहयोग केन्द्र अध्यक्षमा विमला भुजेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अधिकांश महिला सदस्य रहेको सो संस्थामा लामो समयपछि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । समिति उपाध्यक्षमा मनकुमारी गुरुङ चयन भइन् ।
उक्त केन्द्रको यसपटकको मतदाता संख्या १ हजार २ सय ८७ थियो । केन्द्रमा विभिन्न क्षेत्रका ९ वटा उपसमिति आवद्ध छन् । ती समितिका संयोजक केन्द्रका पदेनसदस्य रहने व्यवस्था छ भने अध्यक्ष र उपाध्यक्षको खुला मतदानबाट निर्वाचन हुने प्रावधान छ । निर्वाचनका लागि बाबुराम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचन समितिका अध्यक्ष अधिकारीको संयोजकत्वमा भएको भेलामा प्रमुख अतिथि राइनास नगरपालिका उपप्रमुख एवं महिला आपसी सहयोग केन्द्रका पूर्वअध्यक्ष धनकुमारी गुरुङ रहेकी थिइन् । सभा निवर्तमान अध्यक्ष सावित्री अधिकारीको अध्यक्षतामा भएको महिला आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक योगेश घिमिरेले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१