एसइईका विद्यार्थीलाई मास्क

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७६
2998767-FJCRXRVD-7

नवलपुर ।यस वर्षको एसइई परीक्षामा सहभागी हुने नवलपुरका परीक्षार्थीलाई मास्क प्रदान गरिने भएको छ ।विद्यार्थीलाई कोरोनाबाट बच्न रुघाखोकी लागेका विद्यार्थीलाई माक्स प्रदान गरिने तयारी गरिएको नवलपुरका शिक्षा तथा समन्वय इकाइ कार्यालयका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए ।

सकेसम्म विद्यार्थीलाई आफै लगाएर आउन भन्ने र त्यसो हुँदा पनि माक्स नपाएर माक्स लगाउन नपाएका रुघाखोकी लागेका विद्यार्थीलाई मास्क प्रदान गर्ने गरी सबै विद्यालयमा मास्क उपलब्ध गराइएको उनले बताए ।रोटरी क्लब अफ कावासोतीले माक्स उपलब्ध गराएको छ । परीक्षालाई पूर्ण बालमैत्री बनाउनका लागि सेनेटरी प्याड र कलम पनि उपलब्ध गराउने भएको उनले बताए ।

परीक्षामा सहभागी परीक्षार्थीलाई परीक्षाका बेला कुनै समस्या नहोस भनेर प्याड र कलम पनि उपलब्ध गराइने भएको पोख्रेलले जानकारी दिए ।प्याड जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा र कलम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ नवलपुरले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width