ओलीको अर्काे युद्ध

सम्पादक
चैत्र २, २०७६

१. प्रधानमन्त्री केपी ओली त्रिवि शिक्षण अस्पतालमा आफ्नो मिर्गाैला प्रत्यारोपण गरी शुक्रवार आफ्नो सरकारी निवास बालुवाटार फर्केका छन् । प्रधानमन्त्री ओलीले यस पटक नेपालका डाक्टहरुको विश्वास गरेर नेपालमा नै मिर्गाैला प्रत्यारोपण गराएकामा त्यसको धेरै प्रशंसा भएको छ ।
२. उनको यस पटक दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको हो । पहिलो पटक भन्दा दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नु अरु जटिल र खतरा हुन्छ । त्यस्तो जटिल कार्य सफलता साथ सम्पन्न गरी उनी बालुवाटार फर्केका छन् । कतिपयले उनले युद्ध जितेर आएको पनि भनेका छन् ।
३. वास्तवमा यो एक किसिमको युद्ध जितेको जस्तै हो । यो युद्धमा सबैको शुभकामना उनीमाथि थियो र उनको आत्मबल पनि पूरापूर भएको डाक्टरहरुले बताउने गरेका छन् । उनले आधिकारिक काम शुरु गर्ना साथै अर्काे युद्धको सामना गर्नुपर्ने सम्भावना टड्कारो छ । उनको अर्को युद्ध आफ्नै पार्टीका नेताहरुसँग हुने देखिन्छ ।
४. नेपाल कम्युनिष्ट पार्टीले उनकै अध्यक्षतामा भएको बैठकले पार्टीको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत गराउनका लागि सिफारिस गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । त्यो निर्णय प्रधानमन्त्री ओलीलाई मन परेको छैन । बालुवाटारबाट निस्केका विभिन्न स्वरहरुले त्यो पुष्टि गरेका छन् ।
५. उनी आफु अस्पताल भर्ना हुनु पूर्व अर्थमन्त्री युवराज खतिवडालाई फेरि अर्थमन्त्री नियुक्तिको शिफारिस गरेका थिए भने गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने सिफारिसलाई उनले लत्याएर अस्पताल गएका थिए । पार्टीका अधिकांश नेताहरु उनलाई मनोनीतको लागि शिफारिस गर्न दबाव दिने पक्षमा छन् । केही दिन भित्र दबावको आवाज निस्किने देखिन्छ ।
६. फेरि उपाध्यक्ष वामदेव सम्बन्धी यो केशमा अधिकांश नेताहरु एक भएका छन् । राजनीतिक भाषमा भन्ने हो भने ती नेताहरुले प्रधानमन्त्रीलाई घेराबन्दी गरेका छन् , एक्ल््याएका छन् । त्यसरी प्रधानमन्त्री एक्लिएका कारण उनले के कस्ता कदम चाल्लान्, त्यो सबैको जिज्ञासा र चासोको विषय भएको छ ।
७. अर्का अध्यक्ष पुष्पकमल दाहालले त्यसैवेला प्रधानमन्त्रीले २÷४ दिनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने काम गर्नेछन् भनेर दोहो¥याएका थिए । अब त्यो कुरा के कसरी फेरि प्रकट हुन्छ र कुन शैलीमा आउँछ तथा प्रधानमन्त्री ओलीले त्यसमा के कस्ता प्रतिक्रिया दिन्छन्, त्यो महत्वपूर्ण विषय भएको छ । यो साता त्यो कुरा निस्किने निश्चित प्रायः छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width