क्वारेण्टाइनको व्यस्था गर

सम्पादक
फागुन २९, २०७६

१. कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिँदै गएको छ । छिमेकी चीनबाट फैलिएको कोरोना अहिले इटाली, दक्षिण कोरिया,जापान,कुवेत,लगायतका देशहरुमा तीव्रगतिले फैलिएको छ । यसको उद्गमस्थलको रुपमा रहेको चीनमा भने त्यसको संक्रमण घट्दैगएको बताइएको छ ।
२. नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । त्यसो भएकाले नेपालमा अव सजग र सतर्क हुनु पर्ने अवस्था छ । सरकारले त्यसको नराम्रो असरबाट मुक्त गर्न अनेक कदम चालिरहेको कुरा दिनदिनै समाचारमा आइरहेको पनि छ ।
३. बजारमा दैनिक उपभोगका सामानहरुको अभाव हुन नदिन आपूर्ति व्यवस्थामा कडाइ गरिरहेको छ । सरकारको तर्फबाट बजार अनुगमन गर्ने कार्यमा तीव्रता ल्याएको छ । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघलगायतका संघ संस्थाहरुले सरकारको काममा सघाउने वचन दिएका छन् ।
४. सरकारले चीनबाट फर्काइएका १७५ जनालाई जेजसरी क्वारेण्टाइनमा राखेर परीक्षण पश्चात घर फर्काएको थियो, त्यसको खुब प्रशंशा भएको कुरा सर्वविदितै छ । राष्ट्रले जनताप्रति गर्ने व्यवहार त्यसमा देखिएको थियो । ती १७५ जनाले पनि त्यो व्यवस्थाका लागि सरकारप्रति कृतज्ञतास्वरुप धन्यवाद ज्ञापन गरेका थिए ।
५. यस्तो राम्रो काम गर्दैआएको सरकारले अचानक अब कसैलाई पनि क्वरेण्टाइनमा राख्न सकिन्न भनेर उद्घोष गरेपछि त्यसको तीव्र प्रतिक्रिया उत्पन्न भएको छ । त्यसले कति मान्छे आत्तिन थालेका छन् भने केहीले आश्चर्य व्यक्त गरेका छन् । धेरैले त्यसो किन भनेको होला भनी विश्वासै गर्न नसकिने कुरा भनेका छन् ।
६. कोरोना भाइरस अरु रोगभन्दा धेरै मात्रामा सरुवा रोग भएकाले त्यसका विरामीलाई क्वारेण्टाइन र आइसोलेशनमा राखी उपचार गरिन्छ । यो सरुवा रोग भएकोले यसको उपचार र सेवामा रहने स्वास्थ्यकर्मीहरुलाई “पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट प्रदान गरिनु पर्दछ भनी हामीले यस अघि पनि भनेका थियौं । त्यसको अभावमा स्वास्थ्यकर्मीहरु आफै विरामीहरुदेखि भाग्न सक्छन् ।
७. सरकारले अन्यकुरा धेरै गरेपनि स्वास्थ्यकर्मीहरुको सुरक्षाको कुरा त्यति धेरै गरेको छैन । स्वास्थ्यकर्मीहरुको सुरक्षा पहिलो आवश्यकता हो । अहिले क्वारेण्टाइनमा राख्न सकिन्न भन्नु गैरजिम्मेवार कुरा हो । सरकारले त्यो भनाइ फिर्ता लिनु पर्दछ र क्वारेण्टाइनको तुरुन्त व्यवस्था गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width