कुँवरको स्मरणमा श्रद्धाञ्जलीसभा

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
kuwar photo

पोखरा ।प्रजातन्त्र सेनानी नेपाली काँग्रेस कास्कीका नेता स्व. शोेभितबहादुर कुँवरको १३ औं दिनको पुण्यतिथिमा मंगलवार श्रद्धाञ्जली सभा गरिएको छ । पोखरा–६ बैदाम शान्तिपाटन निवासी कुँवरको ९२ वर्षको उमेरमा फागुन १६ मा निधन भएको हो ।

श्रद्धाञ्जली सभालार्ई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले स्व. कुँवरले आफ्नो जीवनकालमा नेपाली काँग्रेसप्रति पुर्याएको योगदानको चर्चा गरेका थिए । समाजसेवी एवं राजनीतिक व्यक्तित्व कुँवरबाट नेपाली काँग्रेसका कार्यकर्ताले पाठ सिक्नुपर्ने बताए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले स्व.कुँवरले पार्टीलाई लगाएको गुन कहिल्यै बिर्सन नहुने भन्दै नेपाली काँग्रेसको सच्चा सिपाहीको रुपमा निरन्तर स्मरण गरे ।

उनको निधनले पार्टीलाई अपूर्ण क्षति पुगेको भन्दै केसीले श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता यज्ञबहदुर थापा, रामजी कुँवर, शोभियतबहादुर अधिकारी, रामजी कुँवर, लक्ष्मीबहादुर भट्टराई, काँग्रेस वडा ६ इकाइ सभापति बलराम गिरीले स्व. कुँवरले काँग्रेसप्रति पुर्याएको योगदान चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width