कोरोनाको कहर

सम्पादक
फागुन २३, २०७६

१. चीनलाई उद्गम स्थल बनाएर फैलिएको कोरोना भाइरस विश्वव्यापी भएको छ । यो कोरोना भाइरसले विश्वव्यापी सन्त्रास फैलाएको छ । यो भाइरस पाँच दर्जन भन्दा बढी देशमा फैलिएको छ भने यसले तीन हजार भन्दा बढी मानिसको ज्यान लिएको छ । यतिबेला नेपालमा ठूलो सन्त्रास फैलिएको छ ।
२. यो हाम्रो लागि सुखद कुरा हो कि नेपालमा यो रोग त्यसरी देखिएको छैन र त्यसले नोक्सान पनि गरेको छैन । चीनबाट फर्काइएका १७५ जना विद्यार्थीहरुमा पनि त्यसको कुनै लक्षण देखिएन र ती १७५ जना १४ दिन क्वारेन्टाईनमा बसेर सकुशल आआफ्नो घर फर्किएका छन् ।
३. तैपनि नेपाल कोरोनाको उच्च जोखिममा रहेको छ । यो कुरा सरकारदेखि सर्वसाधारणसम्मले भन्ने गरेका छन् । यसको हल्लामात्रले पनि एउटा त्रासको वातावरण छाएको छ । सर्वत्र सजग र सतर्क हुन अपिल गरिएको छ र ठूल्ठूला समारोह आदि नगर्न आग्रह पनि गरिएको छ । धेरैले कार्यक्रम परिवर्तन गरी भेला रद्द पनि गरेका छन् ।
४. सरकारले पनि आफ्नो तैयारी गरिरहेको जनाएको छ । तर के कति तैयारी गरिरहेको छ त्यो सबै बाहिर आएको छैन । त्यसमा पनि सरकारले अहिले सोचेजति तैयारीले पुग्ने हो कि होईन, त्यो पनि निश्चय छैन । काठमाडौंमा १७५ जनालाई क्वारेन्टाईनमा राख्ने ठाउँ खोज्न र व्यवस्था मिलाउन त दुई हप्ताभन्दा बढी लागेको थियो ।
५. फेरि अलिे अस्पताल, चिकित्क र नर्सहरुको मात्र कुरा होईन, औषधी मूलोको कुरा पनि हो । रासन पानी आदिको बन्दोवस्तको कुरा पनि छैन । भारतले केही औषधीमा प्रतिबन्ध गर्नसाथ त्यसको असर नेपाली बजारमा परेको छ । मास्क पाउन गा¥हो भएको छ । बजारमा त्यसको ब्ल्याक मेल भएको छ ।
६. मास्क सर्वसुलभ कसरी गर्ने, त्यो नै चुनौती भएको छ । सरकारले सजग र सतर्क रहन त भन्दैछ तर कसरी सजग र सतर्क रहने त्यही समस्या छ । यस्तोमा कसैले हल्का किसिमले हामीले सबै तैयारी गरेका छांै भनेर हुँदैन । के–के तैयार गरिएको छ, त्यो बाहिर आउनु पर्दछ । काम पारदर्शी हुनुपर्दछ ।
७. कोरोना हाम्रो देशमा नआवोस । हाम्रो पहिलो प्रयास त्यही हुनु पर्दछ । कतै देखिन थाल्यो भने सबै मिलेर हटाउने प्रयास गर्नु पर्दछ । यस्तोमा कसैले मौकाको फाईदा उठाउनु हुंदैन । सबैको सहयोगपूर्ण भावना हुनु पर्दछ र एकले अर्काेलाई सहयोग गर्नुपर्दछ । राष्ट्रिय भावना देखाउने यस्तै बेलामा हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width