पोखरा ।पाल्पा र पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन पोखरामा डिजिटल स्क्रिन बोर्ड स्थापना गरिएको छ ।पाल्पाली समाज पोखराको पहलमा प्रमुख पर्यटकीयस्थल लेकसाइडस्थित बाराहीचोकमा २२ लाख रुपैयाँ लागतमा स्थापित सो बोर्ड शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त उद्घाटन गरे ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर जिसीले पाल्पाली समाज पोखराको सो पहलको प्रशंसा गर्दै त्यसलाई निरन्तर चलाइराख्न महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा–पाल्पा पर्यटन प्रवद्र्धनका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा जोड दिए ।तानसेन नगरपालिकाका मेयर शाहीले डिजिटल स्क्रिन मद्दतले पोखरा घुम्न आएका पर्यटक पाल्पा पनि आउन आकर्षित हुने अपेक्षा गरे । उनले स्थानीय तहबीच यस्तैखालको मितेरी सम्बन्ध कायम हुँदै जानुपर्ने बताए ।
रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफ्नो नगरपालिकाले पनि समाजको कार्यमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजका संरक्षक एवं पूर्व मन्त्री हरिप्रसाद पाण्डेले पाल्पाली भएको नाताले आफूले अझै सहयोग गर्दै जाने बताए । उनले पाल्पाका ८१ वडामा ४० लाख ५० हजार बराबरको छात्रवृत्ति कार्यक्रम ल्याएको जनाए ।गण्डकी प्रदेश प्रमुख सचिव हरिप्रसाद बस्यालले गण्डकी प्रदेश धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रले महत्व बोकेको प्रदेश रहेको भन्दै समग्र विकासमा सबैजना लाग्नुपर्ने बताए ।पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले समाजको कार्य राम्रो लागेकोले आफूले डिजिटल स्क्रिन राख्ने कार्यमा सक्दो सहयोग गरेको बताए ।
पर्यटन परिषद् पोखरा अध्यक्ष चिरञ्जीवी पोखरेलले यसबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघ अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेशकुमार अर्याल, पाल्पाली संगम काठमाडौं अध्यक्ष पदम न्यौपाने लगायतले पोखराबाट पाल्पा छोरो दुरीमा रहेर पनि पर्यटन प्रवद्र्धन हिसाबले पछि पारेको भन्दै पाल्पाली समाजको कार्यबाट सघाउ पुग्ने अपेक्षा गरे ।कार्यक्रम अध्यक्ष आसनबाट पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले समाजले रचनात्मक कार्य गर्दै जाने क्रममा बोर्ड स्थापना गरिएको बताए । उनले पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउन समाजको पहलमा पोखरा–पाल्पा पर्यटक बस समेत संचालन गरिएको बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै समाजका सल्लाहकार एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले कार्यक्रममा सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । समाजका प्रथम उपाध्यक्ष रेशम थापा रचकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव केशव नेपालले गरेका थिए ।कार्यक्रममा तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठक, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जिसी, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष चेतना थापा, पाल्पा, पोखरा र काठमाडौंस्थित विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।
आन्तरिक एवं बाह्य पर्यटक भीडभाड रहने बाराहीचोकमा स्थापित सो स्क्रिनमा पाल्पाको समग्र पर्यटकीय क्षेत्रको मनमोहन डिस्प्ले देख्न सकिन्छ । पोखराबाट मात्र १ सय १५ किमी टाढा रहेको तानसेनसहित पाल्पाको समग्र पर्यटन प्रवद्र्धनमा सो स्क्रिनबाट टेवा पुग्ने हुँदा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तानसेन नगपालिकाका लेखा अधिकृत कोशलराज घिमिरेले सो कार्यले दुवै नगरबीच आपसी सम्बन्ध प्रगाढ बन्ने बताए ।सो कार्यमा तानसेन नगरपालिका, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, रामपुर नगरपालिकासहित पाल्पाका १० वटै पालिकाको सहयोग छ ।
Related News
सम्बन्धित समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१