सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको समीक्षा

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७६
Pokhara Marathon Samiksha

पोखरा । पोखरामा भएको १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समीक्षा गरिएको छ ।

पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको समीक्षा कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङले भएका गल्ती, कमी कमजोरीहरुलाई सच्याउँदै आगामी वर्ष हुने म्याराथनलाई अझै परिष्कृत, सभ्य र भव्य गर्न मञ्च सधैं सचेत र सजग बन्नुपर्ने धारणा राखे ।

उनले पोखरा म्याराथनलाई सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक संस्थाहरु, गण्डकी प्रदेश सरकार, पोखरा महानगर, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, पोखरास्थित सामाजिक सबै संघसंस्था, आमा समूहहरु, संचार संस्था तथा पत्रकारहरु, विद्यालयहरु, खेलाडी लगायतलाई धन्यवादसहित आभार समेत प्रकट गरे ।

समीक्षामा पोखरा म्याराथनमा गठित विभिन्न समितिका संयोजकहरुले आ–आफ्ना धारणाहरु राखे । पोखरा म्याराथन सफल बनाउन २० वटा विभिन्न समितिहरु गठन गरिएको थियो ।

सो अवसरमा बोल्दै पोखरा म्याराथनका अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले मञ्चको तर्फबाट पोखरा म्याराथनलाई सहयोग जारी रहने प्रतिबद्धता जनाए । उनले युकेमा समेत हामीले म्याराथनको समीक्षा वैठक गर्ने उल्लेख गरे । आगामी दिनमा म्याराथनको सहयोगको निरन्तरताबारे छलफल गर्ने उनको भनाई थियो ।

कार्यक्रममा पोखरेली मञ्च युकेका सल्लाहकार महेश गुरुङ, नरजङ गुरुङ, समाजसेवी तथा सहारा युकेका सदस्य योगेश गुरुङले यस संस्करणको म्याराथनले नयाँ उत्साहसँगै नयाँ सन्देश दिएको उल्लेख गरे । पोखराको खेलकुदमा नयाँ आयाम थपेको उनीहरुको भनाई थियो ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीमा टिकर्ट सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ…
  • फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक…
  • वाराही माविका खेलाडीलाई क्रिकेट ड्रेस

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयमा जगदम्बा प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद अधिकारीले क्रिकेट ड्रेस सहयोग गरेका छन् । अधिकारीले विद्यालयका क्रिकेट…
  • चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको…
  • वडास्तरीय बुद्धिचालमा एकराज प्रथम

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन् । शनिबार भएको प्रतियोगितामा…

hero news full width