पोखरा । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, सृजनाचोकले महिला शेयर सदस्यलाई कौसी खेतीसम्बन्धी तालिम सम्पन्न गरेको छ । सहकारीका संस्थापक अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले सदस्यको दैनिक जीवनमा प्रयोग भएर फालिने फोहोर प्रयोग गरी विषात्तरहित र आफ्नै उत्पादनमा रम्ने तरिकाका जानकारी र ज्ञान पाउनु महत्वपूर्ण विषय भएको बताए ।
संस्थाबाट हुने यस्ता गतिविधिबाट सदस्यको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका रहने भन्दै उनले कतिपय कुरा नजानेरभन्दा जानेर गल्ति गरिएका हुन्छन्, जसलाई बुझेर गरियो भने मानवीय जीवनयापनलाई धेरै फाइदा पुग्ने बताए । तनहुँ सम्पर्क समाज पोखरा अध्यक्ष अम्बिकाप्रसाद भट्टटराईले सदस्यको हित अनुकूललाई प्राथमिकता दिनु नै संस्था सफलताउन्मुख भएको बताए । सहकारी अध्यक्ष चन्द्रविक्रम अधिकारीले सहकारीको सात सिद्धान्त अनुरुप सदस्यहरुले शिक्षा, तालिम र सूचना उपलब्ध गराउने दायित्व संस्थाको भएको बताउँदै सदस्यको आवश्यकता अनुसार यस्ता गतिविधि निरन्तर सञ्चालन हुने बताए ।
तालिममा सहभागी विजयलक्ष्मी खड्काले हामीले गरिरहेका काम भए पनि तालिमबाट प्राविधिक विषयको जानकारी पाउनुले उपलब्धिमूलक रहेको बताइन् ।एक दिने सो तालिमको पूर्व बाली संरक्षण अधिकृत धनबहादुर रानाले सहजीकरण गरेका थिए ।कार्यक्रमबारे संस्था सदस्य रमा घिमिरे पौड्यालले प्रकाश पारेकी थिइन् । सञ्चालक सदस्य ऐश्वर्या रानाको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्षता चन्द्रविक्रम अधिकारी गरेका थिए भने सञ्चालन बचत संकलन तथा परिचालन उपसमिति सदस्य चन्द्रवती वाग्लेले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१