पाल्पा ।गाउँ क्षेत्रभित्र योजनाबद्ध रूपमा शिक्षाको विकास गर्ने उद्देश्यले बगनासकाली गाउँपालिकाले गाउँ शिक्षा योजना निर्माण गरेको छ । योजनाको प्रस्तावित प्रारम्भिक मस्यौदाबारे सरोकारवालाबीच सुझाव संकलन गर्दै मंगलबार शिक्षा शाखाको आयोजनामा गाउँपालिका सभाहलमा भएको छलफल कार्यक्रममा योजनाबारे जानकारी गराइएको हो ।
छलफलमा शिक्षा शाखाका प्रमुख गुनाराम खनालले गाउँशिक्षा योजनामा शिक्षालाई रोजगारमुलक, व्यवसायी, बालमैत्री र प्रविधियुक्त बनाएर जनजिविकासँग प्रत्यक्ष सम्बन्धित बनाउने कार्यक्रमहरू समावेश गरिएको बताए । उनले योजनामा प्रस्तावित गरिएका कार्यक्रमहरू बगनासकाली गाउँक्षेत्र भित्रका सबै नागरिकहरूको सरोकारका विषयवस्तु भएकाले सवैको प्रत्यक्ष संलग्नता, सहभागिता र सहयोगमा कार्यक्रम गर्ने गरी योजना निर्माण गरिएको औंल्याए ।
बगनासकाली गाउँपालिकाको शैक्षिक कार्यक्रमलाई व्यवस्थित र सहज बनाउन, गाउँपालिकाको शैक्षिक नीतिलाई सहज र मार्ग दर्शन गर्न, शिक्षामा समन्यायिक र समता कायम गरी शिक्षामा सबैको पहुँच पु¥याउन, बगनासकाली गाउँपालिकामा लागु भएको बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन बगनासकाली गाउँपालिकाको आगामी त्रीवर्षीय गाउँशिक्षा योजना प्रभावकारी हुने शिक्षा शाखा प्रमुख खनालले बताए ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बगनासकाली गाउँपालिकाद्वारा निर्माण गरिएको शिक्षा योजनालाई सरोकारवालाहरूसँगको परामर्शपछि थप प्रभावकारी बनाउन सकिने भएकोले शिक्षा नीतिलाई योजना निर्माणको नीति निर्देशकको रूपमा रही सोही अनुरुपका कार्यक्रम र रणनीतिहरू तयार हुनुपर्नेमा जोड दिए । उनले बगनासकालीको शिक्षालाई समृद्धि र रोजगारीसँग जोड्न सकिएमा गाउँशिक्षा योजना अर्थपूर्ण हुने धारणा राखे ।
बगनासकाली गाउँपालिका शिक्षा समन्वय समितिका सल्लाकार डा शंकर गैरेले आवश्यकता पहिचान गरी योजना निर्माणमा लाग्नुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि महत्वकांक्षी योजना अगाडि सार्नुभन्दा क्रमिकरूपमा शैक्षिक समस्याहरू हलगर्दै अगाडि बढ्दा अपेक्षित उद्देश्य पूरा हुनेमा जोड दिए ।छलफलमा बगनासकालीको परिचय, बगनासकालीको वर्तमान शैक्षिक अवस्था, शैक्षिक योजना निर्माणका उद्देश्य, शैक्षिक उपलब्धि, वर्तमान शैक्षिक चुनौती लगायतका विषयमा सरोकारवालाहरूमाझ अन्तरक्रिया गरिएको थियो । गाउँपालिकाको शैक्षिक योजनामा बालविकास शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, अनौपचारिक शिक्षा, उच्च शिक्षा, संस्थागत विद्यालयको रणनीति र कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, सुरक्षित विद्यालय लयायतका विषय समावेश गरिएको छ ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक लगायत सरोकारवाला व्यक्तिहरूको सहभागिता थियो । बगनासकाली गाउँपालिका सामुदायिक ३०, संस्थागत ३ र संस्थागत गुठी गरी ३७ वटा विद्यालयका ४ हजार २७ विद्यार्थीको गुणस्तर कायम गर्नका लागि गाउँशिक्षा कार्यक्रम प्रभावकारी हुने गाउँपालिका स्रोतले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१