स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
sworek tapu

पोखरा ६ फागुन । स्वर्गीय भेषकुमारी (अमृता) पाण्डेय देवकोटाको ३४औं जन्मजयन्तीको अबसरमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण सम्पन्न भएको छ ।स्याङ्जाको वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा सोमबार एक कार्यक्रमकाबीच अमृताका दाजु घनश्याम पाण्डेय , भाउजु जानुका पाण्डेय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल पंगेनीले चार जना विद्यार्थीलाई पुरस्कार एवं छावृृत्ति वितरण गरेका हुन् ।

यस वर्ष उत्कृष्ट विद्यार्थी तर्फ लक्ष्मी पंगेनी र सिद्धार्थ खाँणले पुरस्कार प्राप्त गरेका छन् भने जहेन्दार तर्फ भगवती रिजाल र राधा विकले पुरस्कार प्राप्त गरेका छन् । अमृताको २०६१ साल असार १८ गते बुटबलको नयाँमिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोका बाट खसेपछि सोही बसले ठक्कर दिदा मृत्यु भएको थियो । परिवारले हरेक बर्ष फागुन ५ गते अमृताको जन्मजयन्तीको अबसर पारेर अमृताको सम्झनामा उनले अध्ययन गरेको पहिलो विद्यालय टापुभञ्ज्याङमा विद्यालय भरिनै उत्कृष्ट अकं प्राप्त गर्ने एक छात्र र एक छात्रा गरि दुई विद्यार्थी र जहेन्दार तर्फ दुई गरि चार जनालाई पुरस्कार तथा छात्रबृत्ति वितरण गरेको पत्रकार समेत रहेका अमृताका दाजु घनश्याम पाण्डेयले बताए । १ लाख ५५ हजारको अक्षयकोष निर्माणमा माउण्ट कैलाश रिसोर्ट पोखराका नरेश भट्टराई ,अमेरिकामा कार्यरत विमला पाण्डे, स्वर्गीय अमृताका श्रीमान विष्णु देवकोटा , सांसद दीपक कोइराला र आफ्नो घरपरिवार रहेको पाण्डेयले बताए ।

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width