क्रिकेटमा नवलपुर विजयी

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७६
cricket

पोखरा ।प्रमिस अर्यालले उत्कृष्ट व्याटिङ्ग गरेपछि पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगिता नवलपुर विजयी भएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी खेलमा नवलपुरले स्याङ्जालाई ७९ रनले पराजित गरेको हो ।

टस जितेर व्याटिङ्ग गरेको नवलपुरले ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ११ रनको योगफल तयार पा¥यो । नवलपुरतर्फबाट म्यान अफ द म्याच प्रमिस अर्यालले ११ चौका प्रहार गर्दै ८३ रन बनाए । त्यस्तै, प्रवीण भुजेलले २७ तथा खिम मल्लले २३ रनको योगफल तयार पारे ।स्याङ्जाको बलिङमा राम खनालले ५, किरण भट्टराईले २ तथा जनक भट्टराईले १ विकेट लिए । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको स्याङ्जा ३६.४ ओभरमा १ सय ३२ रनमै समेटियो । स्याङ्जाका सुजन गौतमले ३५ तथा सौजन्य रेग्मीले २५ रन बनाए ।नवलपुरको बलिङमा सुशील क्षत्रीले ३ तथा साहिल ढकाल, स्वीकार श्रेष्ठ र सुरज आचार्यले समान २–२ विकेट लिए । आयोजक एकेडेमी अध्यक्ष बबिन कुँवरले म्यान अफ द म्याच अर्याललाई ट्रफी प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै