कास्की जिल्ला क्रिकेट लिगमा कास्की ‘ए’ को विजयी शुरुवात

आदर्श समाज सम्वाददाता
फागुन २, २०७६
Cricket League, PKR

पोखरा । घरेलु कास्कीको टोलीले गण्डकी प्रदेश स्तरिय पोखरा पल्टन अन्तर जिल्ला क्रिकेट लिग एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा बुधबारदेखि शुरु प्रतियोगिताको उद्घाटन खेलमा कास्कीको ‘ए’ टिमले स्याङ्जामाथि ७ रनले विजयी बनेको हो ।

टस जितेर व्याटि रोजेको कास्कीले निर्धारित ५० ओभरको खेलमा ३६ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको थियो । कास्कीको तर्फबाट सिबेन श्रेष्ठले सर्वाधिक ३० रनको योगदान गरे । आदित्य थापाले २४ रन बनाए । सुवास पौडेलले १३ जोडे ।

स्याङजाको बलिङमा सन्दीप पराजुलीले ४ विकेट लिए । किरण भट्टराईले ३ विकेट झारे । सुजन गौतम र जनम भट्टराईले समान १/१ विकेट लिएका थिए ।

जितका लागि १ सय २८ को लक्ष्य सहित मैदान उत्रिएको स्याङ्जा ३४.३ ओभरमा १ सय २० रनमै समेटिएको थियो । स्याङ्जाको तर्फबाट सौजन्य रेग्मीले सर्वाधिक ३५ रनको योगदान गरे । सुजन गौतमले २० रन थपे । संदेश पंगेनी र राम खनालले समान १०/१० रन जोडे । कास्कीको बलिङमा आदित्य थापाले ४ विकेट लिए । रोशनकान्त न्यौपानेले ३ विकेट लिए । किरण पौडेलले २ विकेट लिए । खेलमा कास्कीका आदित्य थापा ‘म्यान अफ दी म्याच’ बने । प्रतियोगिता अन्तर्गत बिहिवार बाग्लुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

यसैबीच प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि प्रजुले नेपालमा क्रिकेट छोटो समयमै लोकप्रिय बनेको उल्लेख गरे । पोखरामा पनि यसको लोकप्रियता बढ्दै गएको उनले बताए । पोखरामा पूर्वाधार विकास गर्न सकिए क्रिकेटको खेलमार्फत पर्यटन विकास गर्न सकिने प्रजुको धारणा थियो ।

आयोजक एकेडेमीका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा भएको उदटन समारोहमा एकेडेमीका उपाध्यक्ष सन्तोष श्रेष्ठ, कास्की जिल्ला क्रिकेट संघका सदस्य कृष्ण चन्द, प्रतियोगिता संयोजक चन्द्र गुरुङ ‘जिम्मी’, प्रशिक्षक रिजन प्रजु, गण्डकी प्रदेश क्रिकेट टिमका कप्तान गोविन्द प्रधान, पिच क्युरेटर प्रदीप राउतलगायतले यहाँको क्रिकेट अवस्थाबारे प्रकाश पारेका थिए ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा कास्कीका दुई टिम कास्की ‘ए’, कास्की ‘बी’ सहित गण्डकी प्रदेशका नवलपुर, बाग्लुङ र स्याङ्जाको १/१ टिम गरी कुल ५ टिमको सहभागिता छ । राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा लिगका सबै खेल सकिदाँ शीर्षस्थानमा रहने टिम प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको च्याम्पियनले २० हजार सहित ट्रफी पुरस्कार पाउनेछ । त्यस्तै, सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा ‘म्यान अफ दी म्याच’ को ट्रफी प्रदान गरिनेछ ।

पोखरा पल्टनको प्रायोजन

प्रतियोगिताको लागि पोखरा पल्टनले मुख्य प्रायोजन गरेको छ । पोखरा पल्टन पोखरामा संचालन हुने पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो संस्करण विजेता टोली समेत हो । यस प्रतियोगिता जुनियर लेवलको भएकाले पनि सहयोगका लागि आफू ईच्छुक भएको बिनायक पोखरेलले सुनाए ।

‘पोखरासँग मेरो पुरानो सम्बन्ध छ, मेरो जन्मथलो पोखरा हो, त्यसैले म पोखरामा क्रिकेट विकासका लागि केही गर्न चाहान्छु’ पोखरा पल्टनका मालिक विनायक पोखरेलले भने, ‘‘मेरा हजुरबुवा यहाँको बडाहाकिम हुनुहुन्थ्यो । म यहिं जन्मेहुर्केको मन्छे, पोखरासँग मेरो बाल्यकालका सुनौला स्मृति जोडिएका छन् ।’

उनी पोखराको पुरानो पृथ्वीनारायण क्याम्पसका संस्थापकमध्येका नारायणप्रसाद पोखरेलका नाति हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width