हेमजा । नेपाल रेडक्रस सोसाइटी ढिकुरपोखरी उपशाखाले रजत वर्ष अवसरमा आयोजना गरेको गाउँपालिका विद्यालयस्तरीय हाजिरीजवाफ तथा निबन्ध दुवै प्रतियोगितामा मोर्निङस्टार बोडिङ स्कूल दोहोरो उपाधि जित्न सफल भएको छ ।
‘अन्नपूर्ण गाउँपालिकामा पर्यटन सम्भावना र चुनौती’ विषयक निबन्ध प्रतियोगितामा मोर्निङस्टारकी अनुसा भण्डारी प्रथम र मेश्रम बराह माविका विशाल परियार दोस्रो भए।त्यस्तै, हाजिरीजवाफतर्फ मोर्निङस्टारकै समूह प्रथम, बालमन्दिर माविको समूह दोस्रो र दुर्गा भवानी आदर्श आधारभूत विद्यालयको समूह तेस्रो भयो ।कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाई, रेडक्रस जिल्ला उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेल, उपशाखाका संस्थापक संयोजक दुर्गादत्त भण्डारी, माछापुच्छे मावि व्यवस्थापन समिति अध्यक्ष मनपति भण्डारी, माछापुच्छे« शिक्षा क्याम्पस प्रमुख रामचन्द्र सुवेदी लगायतले धारणा राखेका थिए ।
उनीहरुले रजतजयन्ती सफलताको शुभकामना व्यक्त गर्दै ढिकुरपोखरी उपशाखाका गतिविधिको प्रशम्सा गरेका थिए । कार्यक्रमको व्यवस्थापन माछापुच्छे« माविले गरेको थियो।निबन्ध प्रतियोगितामा जिल्ला उपकोषाध्यक्ष कृष्णप्रसाद पौडेल र माछापुच्छे« शिक्षा क्याम्पस प्रमुख रामचन्द्र सुवेदी निर्णायक थिए ।त्यस्तै युवा रेडक्रस सर्कलका संयोजक सन्दीप भण्डारीको विशेष सहयोग रहेका पनि जनाइएको छ ।विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा विष्णुमाया भण्डारी शर्माले सात सिद्घान्त वाचन तथा रेडक्रस कास्कीका कर्मचारी गणेश भण्डारी र उपशाखा सचिव नारायणप्रसाद भण्डारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१