पोखरा ।गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले राम गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । आगामी ३ वर्षको लागि अध्यक्षमा निर्वाचित गुरुङ पोखरा क्यानोनिङका सञ्चालकसमेत हुन् ।
कार्यसमिति उपाध्यक्ष प्रथम मितेरी ट्रक्सका सञ्चालक किसमकुमारी गुरुङ, द्वितीय उपाध्यक्ष डिलमाया ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिव मनश्री ट्राभल्स एण्ड टुर्सका सञ्चालक अभिलास गुरुङ र कोषाध्यक्षमा होटल शान्तिका सञ्चालक सीता गुरुङ छन् । सदस्यमा रक लेन्ड रेष्टुरेन्टका सञ्चालक कुमार गुरुङ, होटल प्याराडाइज इनका जुबु गुरुङ, होटल दिदीका विष्णु गुरुङ (एकता), पिस प्यागोडा ट्रक्सका राजेन्द्र गुरुङ, फेन्टियर्स प्याराग्लाइडिङका भूपाल गुरुङ, जाम जाम ट्रक्सका कन्यप्रसाद गुरुङ, स्टार कटेजका मानसिं गुरुङ र होटल लेक भ्यालीका अनिल गुरुङ रहेका छन् ।
अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायीहरुका लागि लगानी गर्ने सुनौलो समय रहेको भन्दै काठमाडौंमा मात्रै केन्द्रित रहने व्यवसायीले पोखरा र गण्डकी प्रदेशलाई पनि लक्षित गर्दै लगानी बढाउन सुझाव दिए । गण्डकी प्रदेश पर्यटकीय र प्राकृतिक दृष्टिकोणले नेपालकै उत्कृष्ट प्रदेश रहेको भन्दै यहाँको पूर्वधार विकासका लागि पनि आफूहरु तीव्र गतिमा अघि बढी रहेको बताए । गुरुङहरु समयसँगै परिवर्तन हुन नसके अझै पछि परिने भन्दै कतिपय आनीबानी र ढिला सुस्ती सुधार गरेर अघि बढ्नुपर्ने बताए ।
संघका निर्वतमान अध्यक्ष बोबरजंग गुरुङले आफूहरु सबै क्षेत्रसँग हातमालो गर्दै अघि बढ्न चाहेको भन्दै व्यवसायीको समस्य सरकारले पनि सुन्नुपर्ने बताए ।संघका संस्थापक केन्द्रिय अध्यक्ष कुलबहादुर गुरुङले संघले थुप्रै नेतृत्वकर्ता जन्माउन सफल भएको बताए । उनले एकलाई पर्दा अर्कोले सहयोग गर्ने परिपाटी बसालेको भन्दै आफूहरु जहाँ जता गए पनि जिटिनको गुन नबिर्सने बताए ।कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष अम्बिर गुरुङ, निर्वतमान अध्यक्ष कमला गुरुङ, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष शान्ति गुरुङ लगायतले बोलेका थिए ।संघका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष किसम कुमारी गुरुङ र संचालन कावा महासचिव अभिलास गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१