१. कम्युनिष्ट नेता अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । उनलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार बनाएको थियो । अन्य कुनै पार्टीले उनको विरोधमा उम्मेदवार खडा नगरेकाले उनी निर्विरोध भएका हुन् । उनको हिजै शपथ ग्रहण भएको छ ।
२. कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपछि सो पद रिक्त भएको थियो । सत्तारुढ दलको संसदमा अत्यधिक बहुमत भएकाले अरु पार्टीले उम्मेदवार बनाउने कुनै प्रयास गरेनन् । तर सत्तारुढ भित्रै उनलाई उम्मेदवार बनाउने कि नबनाउने संसदमा खिचातानी चर्किएको थियो । जसको कारण बोलाई सकिएको संसद एक महिना बढी बन्धक भएको थियो ।
३. उनी पहिले एक शिक्षक थिए । शिक्षक भएर उनी वामपन्थी राजनीतिमा लागे । माओवादीको सशस्त्र द्वन्द्वको अभियानमा उनी सक्रियतापूर्वक लागेर क्रमशः उनी माओवादी नेता बने । पार्टी शान्तिप्रकृयामा आएपछि उनी पटक–पटक मन्त्री भए । उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्र मानिन्छन् ।
४. सभामुखमा निर्वाचित भएपछि उनको चर्चा चुलिएको छ । उनको चर्चाका साथै उनले सभामुखको नयाँ जिम्मेवारीलाई के कसरी निर्वाह गर्लान् भन्ने पनि सबैको चासो र जिज्ञासाको विषय भएको छ । संसद अहिले सशक्त हुन सकिरहेको छैन । संसदलाई सशक्त र सक्रिय पार्नमा सभामुखको प्रमुख भूमिका हुन्छ ।
५. सरकारले संसदलाई न टेर्ने र आफ्नो अनुकूलतामा लैजाने प्रयास गरिरहेको छ । त्यसमाथि विपक्षी पार्टी नेपाली कांग्रेस आफ्नै पार्टीभित्रको विवादमा रुमलिईरहेकोले संसदमा विपक्षी स्वर चर्काे रुपमा सुनिएको छैन । यसमा नवनिर्वाचित सभामुख सापकोटाको भूमिका अपेक्षित मानिएको छ ।
६. उनीमाथि चुनौती पनि छ । एक त सर्वाेच्च अदालतमा उनको विरोधमा मुद्दा छ । त्यो मुद्दा के कसरी अघि बढ्छ, त्यो महत्वपूर्ण विषय छ । अर्को, मिलेनियम च्यालेञ्ज कर्पाेरेसनको सहयोगलाई संसदले कसरी स्वीकार्ने भन्ने प्रश्न पनि छ । पूर्व माओवादी त्यो सहयोगको विरोधमा छ भने पूर्व एमाले या सरकार त्यसलाई छिट्टै कार्यान्वयन गर्ने पक्षमा छ । निवर्तमान समाभुख महराले त्यसलाई पन्छाउने प्रयास गरेका थिए ।
७. साम्राज्यवादी अमेरिकाको त्यो सहयोग धनराशिलाई के कसरी चोख्याउने भन्ने विषयमा शीर्षस्थानमा बौद्धिक अभ्यास भईरहेको छ । हिजो त्यो सहयोग लिनैहुन्न भनिएको थियो भने अहिले त्यसलाई चोख्याउने उपायको खोजी भइरहेको छ । यी सबै काममा सभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१