पोखरा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ, कास्कीले फागुन ११ देखि १५ सम्म ११ औं संस्करणको क्यान इन्फोटेक–२०२० गर्ने भएको छ ।
क्यानले पोखरामा सोमबार पत्रकार सम्मेलन गरी इन्फोटेकबारे जानकारी दिएको हो । कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी अत्याधुनिक र नवीनतम प्रविधिबारे जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म पहुँच पु¥याउने उद्देश्यले इन्फोटेक गर्न लागिएको सो क्रममा जनाइयो ।
यस्तै, इन्फोटेकमा आइसीटी प्रोडक्टको प्रदर्शनी र बिक्री, आइसीटीसम्बन्धी सेमिनार, जिल्ला तथा प्रदेशस्तरीय रनिङ शिल्ड आइटी क्वीज प्रतियोगिता, जिल्ला तथा प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, जिल्ला तथा प्रदेशस्तरीय आइसीटी स्पीच प्रतियोगिता, रोवर्ट प्रतियोगिता, आइसीटी म्यूजियम प्रदर्शनी र विजनेस टकजस्ता कार्यक्रम रहने छन् । सबै प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, ट्रफी सहित आकर्षक पुरस्कार व्यवस्था गरिएको क्यानले जनाएको छ ।
पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकलाई प्रभु पे र वल्र्डलिंकले साथ दिएका छन् । इन्फोटेकमा आइसीटीसँग सम्बन्धित करीब १ सय स्टल रहने जनाइएको छ । इन्फोटक ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । यस्तै, कार्यक्रमका लागि ३० लाख रुपैयाँ खर्च हुने र ३५ लाख आम्दानी हुने अनुमान छ । बचत रकम सूचना तथा प्रविधिको विकास र सामाजिक क्षेत्रमा खर्च गरिने क्यान कास्की अध्यक्ष रुक्मांगत भण्डारी (विश्वास) ले जानकारी दिए । उनको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न ३५ वटा उपसमिति गठन गरिएको छ ।
‘इन्फोटेकको तयारी तिव्र पारिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘कास्की सहित ९ वटा जिल्लामा समन्वय समिति गठन गरी प्रचारसँगै तयारी तीव्र पारेका छौं।’ क्यान गण्डकी अध्यक्ष तुलसी पाण्डेले इन्फोटेकलाई नयाँपन दिन कोशिस गरिएको बताए ।क्यान कास्की अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष विकास भूर्तेलले सञ्चालन गरेका थिए ।
..
फोटो ः क्यान ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१