पोखरा, २९ पुस । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आफ्नो ३३ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यालय प्राङ्गठमा मंगलबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षत्रीले समृद्ध नेपाल र सुखी नेपाली बनाउनकै लागि सरकारलेअगाडि सारेको नारालाई सार्थक बनाउन विकास निर्माण र भौतिक पूर्वाधार पहिलो प्राथामिकतामा पर्ने बताए ।
राष्ट्र निर्माणका लागि सरकारले निर्माण व्यवसायी मैत्री नीति ल्याउन जरुरी छ, प्रमुख क्षत्रीले भने– सार्वजनिक खरिद नियमावली संशोधन गरी साना निर्माण व्यवसायीलाई समेत काम गर्न सजिलो बनाइदिनु पर्छ । २० लाख रुपैयाँ भन्दा माथिको काम स्थानीय उपभोक्ता समितिलाई दिन नहुने बताउदै क्षत्रीले टेण्डर मार्फत ठेक्का दिनुपर्ने बताए ।
बिशेष अतिथिको रुपमा बोल्दै नोपल निर्माण व्यवसायी महासंघका मानार्थ सदस्य शिवशंकर गौचनले महासंघको माग ३ र ४ गते काठमाण्डौमा हुने भेलामा साना व्यवसायीका समस्यालाई प्राथामिकतामा राख्ने बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका सदस्य खिमप्रकाश मल्लले निर्माण व्यवसायीले गुणस्तरीय निर्माणमा ध्यान दिन जरुरी हुने बताउदै प्रतिस्पर्धाका आधारमा कम पैसामा टेण्डर हालेर गुणस्तरहिन संरचना बनाउन नहुनेमा जोड दिए । नेपाल निर्माण व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक ओम गौचनले साना व्यवसायीलाई बचाउन राहतका प्याकेज सरकारले ल्याउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा निर्माण व्यवसायीहरु टकराज बराल, अर्जुनबहादुर क्षत्री, मुक्तिप्रसाद तिमिल्सेना, चिरञ्जीवी पोखरेल, वासुदेव गौचन, परशुराम ओझा, विजयराज अधिकारी, कृष्ण लम्साल, लिलकाजी गुरुङ, लगायतले आफ्नो भनाई राखेका थिए ।संस्थाका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव सुवर्ण श्रेठले गरेका थिए । रक्तदान कार्यक्रममा रक्त संचारकेन्द्रका धु्रवमणि लामिछाने लगायतको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा वि.स. २०७६ पुस २८ गते अर्थात सोमवार रुकुम जिल्ला चउरझारी नगरपालिका–६ निवासी नैनी रोकाका ११ वर्षीय छोरा माहन रोकालाई १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।ती वालकलाई रुकुममा सडक निर्माण गर्ने क्रममा एक्साभेटरले किचेर दुवैखुट्टा गुमाएका छन् । संस्थाले उपचार पछि नक्कली खुट्टाका लागि एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको समेत उक्त अवसरमादिइएको थियो ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१