शहीदको सपना पूरा गरे मात्र पार्टी एकताको औचित्य -मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
माघ १, २०७६
DSC_2475

पोखरा,१ माग । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीदका सपना पूरा गर्न सकेमात्र पार्टी एकताको औचित्य रहने बताएका छन् ।

विजय ढकाल शहीद स्मृति प्रतिष्ठानले ढकालको १५ औँ स्मृति दिवसको अवसरमा मंगलवार साँझ पोखरा–७ स्थित शहीदपार्कमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा उनले देशको समृद्धि,जनताको सुख र समाजवाद स्थापनाका लागि क्रान्तिमा होमिएका शहीदको सपना पूरा गर्नेतर्फ एकतावद्ध पार्टी लाग्नुपर्नेमा जोड दिए ।

साविकका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गरेर ठूलो पार्टी बनाएकाले सामाजिक, आर्थिक रुपान्तरण तथा जनचाहना पूरा गर्ने तर्फ लाग्नु नै विजय ढकाल लगायतका शहीदहरुप्रतिको सम्मान हुने उल्लेख गरे । पार्टी एकीकरणको काम जतिसक्दो छिटो सम्पन्न गरेर साविकका दुई पार्टी बीच बिचार, शैली र भावनामा काँधमा काँध मिलाएर सामाजिक आर्थिक रुपान्तरमा लाग्न उनले आग्रह गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शहीद, वेपत्ता तथा घाइतेका परिवारलाई राहत दिन तीनै तहका सरकार प्रतिवद्ध रहेको बताए । तत्कालीन नेकपा माओवादी कास्कीका जिल्ला सेक्रेटरी रहेका ढकालको वि.सं. २०६१ पुस २९ गते साविक निर्मलपोखरी गाविसको साम्मी मैदानमा सुरक्षाकर्मीद्वारा हत्या भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width