पुस २७ भित्र नै सभामुखको टुङ्गो लाग्छ– उपप्रधानमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
पौष २४, २०७६
81584899_3311996962149998_9150103111715520512_o

पोखरा, २४ पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तीन/चार दिन भित्र नै सभामुख चयनको टुङ्गो लाग्ने बताएका छन् ।

प्रेस संगठन कास्कीद्वारा बिहीवार पोखरामा आयोतिज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले भने-संसद प्रभावकारी रुपमा संचालन गर्नकै लागि योग्य मध्यबाट पनि योग्यतम व्यक्ति सभामुख चयन हुने छन् । सभामुख चयनमा कुनै विवाद छैन , दुई अध्यक्षको विवादका कारण सभामुख चयन हुन नसकेको भन्ने कुरा गलत हो ।

नयाँ संविधान निर्माणसँगै कानून र नीति प्रभावकारी रुपमा लागु हुन नसक्दा सरकारको काम प्रभावकारी बन्न नसकेको स्वीकार गर्दै उपप्रधानमन्त्री पोखरेलले-अब छिट्टै कानूनहरु निर्माण गरी तीनै तहको सरकारले जनतामाझ प्रभावकारी काम देखाउनु पर्छ । सरकार मात्र हैन हामीले प्रणालीमा नै परिवर्तन गरेका छौ, वि.स. २०७२ सालमा नयाँ संविधान निर्माण गर्यौ, निर्वाचन गर्यौ, तर जुनरुपमा कानून र संरचना निर्माणकार्यको काम वढ्नु पर्ने थियो त्यो बढ्न सकेन, अब त्यस्ता कानून र संरचना निर्माणमा ढिला गर्न हुदैन ।

नेपाली जनताले सरकारबाट विकास र समृद्धिको आशा गरेका छन्, संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि अधिकाशं नेकपाबाट नै निर्वाचित भएका छन् , संसारबाट कम्युनिष्ट पतन भइरहेको बेला नेपालमा कम्युनिष्ट फस्टाउनु जनताको विश्वास र माया नै हो, सरकार जनताको समस्याबाट टाढा भाग्न हुदैन, उनले भने-स्थानीय तहमा कतै दोहोरो कर छ भने त्यो हटाउन उनले आग्रह गरे ।

नेपाल– भारत सीमाका बिषयमा वोल्दै उपप्रधानमन्त्री पोखरेलले नेपालले आफ्नो एक इन्च जमिन पनि छाड्दैन, र भारतको एक इन्च जमिन पनि नेपाललाई चाहिदैन, एतिहासिक तथ्य र प्रमाणका आधारमा हाम्रो सीमा जहाँ छ त्यही रहन्छ, भारतलाई औपचारिक रुपमा दावी सहित डिप्लोमेटिक नोट पठाएका छौ, भारतले वार्तामा बस्ने भनेको छ, भारतले बैठक मिति तय गरेपछि वार्तामा बस्छौ उनले भने । नेपालका राजनीतिक शक्तिको साझा प्रस्तावमा अगाडि वढ्छौ, मन्त्री पोखरेलले भने-अन्तर्राष्ट्रिय अभ्यास पनि सीमा निर्धारण सम्वद्ध दुई देशको सहमतिमा नै टुङ्गो लगाउनु पर्ने छ, नेपाल कुनै देशको गठवन्धन सैनिक संगठनमा सामेल हुदैन, उनले भने सीमा सुरक्षामा हाम्रा सशस्त्र टोली खटेका छन् त्यसको पछि नेपाली सेना छ ।

नेपाल ट्रष्ट वि.स. २०६४ सालमा स्थापना भएको हो, पूर्व राजाको नाउमा रहेको सम्पत्ती नेपाल ट्रष्टको नाउँमा बारेमा बोल्दै मन्त्री पोखरेलले भने यस अघिको सरकारले नै उक्त ट्रष्ट अन्तरगतको जग्गा शिक्षा, स्वास्थ्य, पर्यटन र व्यवसायमा संचालनमा दिन सक्ने भनिएको छ त्यसै अन्तरगत सरकार अगाडि वढेको छ, जग्गा भाडामा दिदाँ सरकार कानून अनुसार नै अगाडि वढ्छ उनले भने । त्यसैगरी विहीवार कास्कीका पार्टी कार्यकर्तालाई सम्वोधन गर्दै मन्त्री पोखरेलले र्दुई ठूला पाटी एक भएका  छौ, पूर्व एमाले, पूर्व माओवादी भन्ने छैन, माघ १५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले एकताका सम्पूर्ण प्रक्रिया टुंगोमा पुर्याउने छ, उनले भने- पार्टी एकतासँगै अव मत मात्र हैन मनपनि मिलाएर अगाडि वढ्न जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width