पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा संगीतकर्मीहरुको सहयोगार्थ कोष स्थापना गर्ने उद्देश्यले पोखरामा शनिबार भजन साँझ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले उद्घाटन गर्दै संगीतकर्मीहरुको सहयोगार्थ स्थापना हुने कोषको लागि राज्यले सहयोग गर्नुपर्ने वताउँदै आफुले पनि सक्दो सहयोग गर्ने वताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता नेपाली, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका प्रवक्ता होमप्रसाद सुवेदी, सदस्य आशा लामा ज्ञानमाला, गण्डकी प्रदेश संयोजक विनोद ढकाल, सदस्य शंकर ढकाल, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष पूर्ण परियार, कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, संगीतकर्मी संघ कास्कीका सल्लाहकारहरु कृष्णप्रसाल गौतम र कृष्ण रानाभाटलगाएतले शुभकामना दिएका थिए।
कार्यक्रममा गित संगीत क्षेत्रमा स्थापित वरिष्ठ गायक, सर्जक, संगीतकर्मीहरुलाई प्रजापति पराजुली, हरिदेवी कोइराला, हनिफ मियाँ, प्रकाश कटुवाल, पद्यराज ढकाल, विनित जोजिजु, सम्मरबहादुर गायक, लोकनाथ सापकोटा, निर्मल खत्रीलाई सम्मान गरिएको थियो ।
सम्मानितहरुको तर्फबाट पद्यराज ढकालले मन्तव्य राखेका थिए भने कलाकारहरुले भजन संर्कितन गरेका थिए । राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष आयुषजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष शंकर वरालले र संचालन महासचिव ऋषिराम दाहालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्मृतिहरु नै बेचिन थालेपछि…
‘मनसरा’ बाट आशावादी मिरुना
पाइन खबर साँझमा हरिदेवीका गीत
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य
पृथक निर्देशन र छायांकनको ‘रंगेली’
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१