१. सरकारले सन् २०२० लाई नेपालभ्रमणवर्ष घोषणा गरेको छ । सरकारको घोषणा अनुसार भ्रमणवर्ष आउन अहिले मात्र दुई साता बाँकी छ । भ्रमणवर्षसँग सम्बन्धित पदाधिकारी तथा सदस्यहरुलाई अहिले त्यसको उद्घाटन समारोहको तयारी गर्दै भ्याइनभ्याई भएको छ ।
२. सरकारले भ्रमणवर्षमा २० लाखपर्यटकहरु भित्यारउने लक्ष्य राखेको छ । सरकारले भ्रमणवर्ष सम्पन्न भएपछि त्यो कार्यलाई निरन्तरता दिन नेपाल भ्रमण दशक मनाउने तैयारी गरेको छ । सरकारको त्यो तैयारीले धेरैलाई आशा जगाएको छ ।
३. नेपाल विश्वको नै सुन्दरतम देश हो । यहाँका हिमालहरु, डाँडाकाँडा पाखापखेराहरु, नदीनालाहरु र तिनीहरुले बनाएका उपत्यका र वस्तीहरु विश्वमा नै रमणीय मानिन्छन् । तर यहाँका हेर्न लायकका कुराहरु प्राकृतिक छटा मात्र होइनन्, धार्मिक सम्पदा र सांस्कृतिक विविधताले पनि यो देश सम्पन्न छ ।
४. धार्मिक सम्पदाहरुको उल्लेख त्यति प्रचुर मात्रामा भएका छैनन् । लुम्बिनी र जनकपुरको कहिलेकाहीं चर्चा गर्ने गरिन्छ । त्यो पनि आवश्यक मात्रामा गरिएको पाइँदैन । धर्म भन्नासाथ नाक खुम्च्याउने प्रवृत्तिले पनि यस क्षेत्रमा अथाह किसिमले अवरोध तेस्र्याएको छ । लुम्बिनी दर्शन, अवलोकनका लागि जानेहरुलाई तीर्थयात्री नभनी पर्यटक मात्र भन्न थालिएको छ ।
५. लुम्बिनीप्रति विश्वको ध्यान आकर्षित गर्न लुम्बिनीलाई धार्मिक, ऐतिहासिक, पुरातात्विक सम्पदा भनी वर्णन गर्दा जति आकर्षित हुन्छन्, त्यत्ति पर्यटकीय गन्तव्य भन्दा नहुन सक्छ । जानेर या नजानेर गरिएको यस्तो गल्तीलाई रोक्नु पर्दछ ।
६. तयारीको क्रममा वर्णन गर्ने गरिएको भैरहवाको गौतमबुद्ध विमानस्थल अझै नसिद्धिने भयो । भ्रमणवर्ष सन् २०२० लाई सघाउ पुग्ने गरी प्रदेश सरकारहरुले आ–आफ्नो क्षेत्रमा सन् २०१९ लाई जे जसरी आन्तरिक भ्रमणवर्ष घोषणा गरिएको थियो, त्यसले पनि लक्ष्य हासिल गर्न नसकेको अनुमान गरिएको छ ।
७. अझै समय छ । भ्रमणवर्ष शुरु हुन लागेको मात्र छ । अब हाम्रा विदेशस्थित राजदूतावास गैर नेपाली संघहरु, नियोगहरुलाई सक्रिय पारेर प्रचार प्रसारमा लगाउन सके २० लाख पर्यटक भिœयाउने ठूलो कुरा होइन । हाम्रो प्रयासलाई तीव्र पार्नुपर्दछ, व्यापक पार्नु पर्दछ । किनभने यो अवसरलाई सफल पार्न व्यापकताको खाँचो छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१