मंसिर २९, पोखरा । सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी शनिबार साँझ पोखराका युवा उद्यमीहरुमाझ प्रस्तुत भए । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराले आयोजना गरेको ‘बिलियन डलर स्टोरी’ कार्यक्रममा बोल्दै उनले पोखराका युवा उद्यमीलाई लगानीका लागि अवसर सिर्जना गर्न आग्रह गरे ।
‘अहिलेका युवा उद्यमीले लगानीका लागि अवसर कुरेर बस्ने होइन,’ उनले भने, ‘आफैले अवसर सिर्जना गर्ने हो ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको बताउँदै उनले पर्यटन क्षेत्रका लागि विमानस्थलले धेरै अवसर बोकेर आउने बताए । ‘बिमानस्थल आएपछि लगानी गरौंला भनेर सोच्ने होइन,’ उनले भने, ‘त्यतिबेलाको सम्भावना बुझेर अहिले नै लगानी गर्ने हो ।’
अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको ‘कनेक्टिभिटी’ संसारभर बढाउने बताउँदै उनले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा दिनुपर्ने धारणा राखे । पोखरा संसारकै सुन्दर सहर मध्येमा पर्ने बताउँदै उनले पर्यटन व्यवसायीले यहाँको पर्यटनको सम्भावनालाई बुझ्नुपर्ने बताए । अहिलेका युवाहरुले परम्परागत शैली भन्दा माथि उठेर व्यवसाय गर्नुपर्ने चौधरीले सुझाव दिए ।
अर्को प्रसंगमा उनले राजनीतिलाई उद्यममैत्री बनाउनुपर्ने धारणा राखे । राजनीतिलाई उद्यम र व्यवसायमैत्री बनाउन उद्यमीहरु नै राजनीतिमा आउनुपर्ने बताए ।कार्यक्रममा पोखराका युवा उद्यमी सहभागी थिए । युवा उद्यमीलाई लक्षित गरी मञ्चले समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष वैभव पौडेलले बताए ।
‘पोखराका युवा उद्यमीलाई उत्प्रेरणा प्रदान गर्न यस्ता कार्यक्रम सफल हुँदै आइरहेका छन्,’ उनले भने । कार्यक्रम संयोजक तथा मञ्चका पूर्व अध्यक्ष अमितराज मुल्मीले विनोद चौधरीको परिचय राखेका थिए । मञ्चका अध्यक्ष वैभव पौडेलको अध्यक्षतामा भएको प्रेसिडेन्ट इलेक्ट पुनित वैद्यले धन्यवाद मन्तव्य र प्रोग्राम चियर सुयास मल्ल कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१