पोखरा, २५ मंसिर । ७१ औं मानवअधिकार दिवसको सन्दर्भमा रुपा गाउँपालिकामा लैगिंक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समूह रुपा गाउँपालिकाको आयोजना तथा रुपा गाउँपालकिाको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि , महिला समूहरुलाई मानवअधिकार, लैगिंक हिंसा र महिला अधिकारका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रुपा गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले अधिकार र कर्तव्यलाई संगसंगै लैजान जरुरी रहेको बताए । उनले शिक्षा , स्वास्थ्य ,बिकास र सुरक्षामा महिलाहरुको अर्थपूर्ण सहभागीतामा जोड दिए ।
वडा नं ५ का वडाअध्यक्ष टेकबहादुर गुरुङ महिला तथा बालबालिकामाथी हुने हिंसा पहिरनका कारण नभइ व्यक्तिको सोचाई र मनोवृत्तीको उपज भएको बताए । उनले अधिकारका कुरा गर्दै गर्दा व्यक्ति कत्तिको सचेत छ भन्ने विषयले नै अधिकारको मापन हुने भनाइ राखे ।
कार्यक्रममा इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले लैगिंक हिंसाका विषयमा सहजीकरण गरेकी थिइन् । उनले महिलाको शिक्षा, स्वास्थ्य , बिकास , सुरक्षा , अर्थपूर्ण सहभागिता , पहुँच र नियन्त्रणका जानकारी गराए । यस्तै कार्यक्रममा राधा गुरुङको संयोजकत्वमा १७ सदस्यीय रुपा गाउँपालिका स्तरीय महिला सञ्जाल गठन गरिएको थियो । सञ्जाल संयोजक गुरुङले गाउँपालिकालाई मानवअधिकार मैत्री बनाउन सहयोग पुग्ने गरी आफुहरु अगाडि बढ्ने बताए ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१