सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित टिकापुर पार्क क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो मानव निर्मित पार्क हो । पार्कभरि वर्षभरि मौसम अनुसार दजर्नौ प्रजातीका फूल ढकमक्क फुलेका देखिन्छन् नै दक्षिणतिर कर्णाली नदी सलल बगेको आवाज सुनिन्छ । राजा महेन्द्रको पालामा स्थापित यस पार्कमा उनकी रानी रत्न तथा बुहारी ऐश्वर्यका नाममा गुलाफका अलगै बगैचा समेत रहेका छन् । पार्कको विचमा चिटिक्क परेका दुईवटा घर छन्् जसको नाम वीरेन्द्र विश्राम गृह र महेन्द्र आरोग्य केन्द्र राखिएका छन् । टिकापुर आउँदा उनीहरु त्यहि बस्ने गर्दथे ।
टिकापुर पार्क बन्नुमा राजा महेन्द्रको ठूलो योगदान छ । विसं २०२४ सालमा राजा महेन्दलाई हृदयघात भएपछि चिकित्सकले उनलाई कुनै प्राकृतिक क्षेत्रमा केही महिना आराम गर्न सुझाएका थिए । त्यसपछि कर्णाली नदीको तिरमा रहेको टिकापुर आएका थिए । पंचायती शाषण मार्फत देशको प्रत्यक्ष शाषण आफ्नो हातमा लिएका राजा महेन्द्रले स्वस्थ्यलाभ गरुन्जेल कैलालीको टिकापुरबाट देश चलाएका थिए ।
यस पार्कमा टिकापुर क्षेत्र तथा बर्दिया, बाँके, महेन्द्रनगर आसपासका विद्यार्थीहरुले छोटो भ्रमण गर्न आउने गर्छन् । यस्तै पारिवारिक वनभोज खान समेत परिवारहरु यहाँ आउने गर्छन् । टिकापुर पार्कको कुल क्षेत्रफल ८५ बिगाह छ । करडौं लागतमा टिकापुर नगरपालिकाले महेन्द्र आरोग्य केन्द्र, वीरेन्द्र आश्रम, ऐश्वर्य बगैंचा नाम दिएर पूर्वाधारहरु खडा गरेको छ । पार्कमा मौसमी र बेमौसी फूलहरु फुलेको देख्न सकिन्छ ।
रानी ऐश्वर्य टिकापुर भ्रमण आउँदा उनले यहाँ विभिन्न फूलहरु रोप्ने गर्थिन् । बगैंचा र फूलहरुमा बढी दिलचस्पी राख्ने रानी ऐश्वर्य कवियत्री पनि थिइन् । यिनकै नामबाट ऐश्वर्य बगैंचा नामकरण गरिएको हो । तराईको सदाबहार मौसमी क्षेत्रमा पर्ने यस पार्कमा विशेष गरि गुलाफका धेरै प्रजाती फुलेको देख्न सकिन्छ । पार्क प्रवेश गरेपछि एउटा ठूलो स्तम्भ आँउछ जुन पार्कको रजत स्तम्भ हो । स्तम्भमा महेन्द्रले रचना गरेको उपहार नामक कविता कुँदिएको छ । सोहि स्तम्भ नजिकै हेलीप्याड पनि रहेको छ जहाँ तत्कालिन राजपरिवार अवतरण गर्ने गर्दथे ।
पार्कलाई तीन भागमा विभाजन गरिएको छ । स्तम्भको बायाँ तर्फ राजा वीरेन्द्रको विश्राम गृह रहेको छ । स्तम्भको अगाडि महेन्द्र आरोग्य गृह रहेको छ र त्यसवरपरको बगैंचालाई रत्न वाटिका नाम दिइएको छ । यस्तै उक्त पार्कमा ठूलो फलफुल बगैंचा रहेको छ जहाँ विभिन्न फलहरु फलेको देखिन्छ । आँप, लिची, रुख कटहर जस्ता गर्मी क्षेत्रमा फल्ने फलहरु पार्कका रोपिएका छन् । महेन्द्र र वीरेन्द्र विश्राम गृह सुन्दर तरिकाले काष्ठकलाबाट निर्माण गरिएको छ । बाहिरबाट हेर्दा काठको भए पनि भित्र भने सुुविधा सम्पन्न बेडरुम, बाथरुम, अतिथि कक्ष रहेका छन् । यस पार्कमा राजपरिवारहरु आएर गर्मी महिनामा विश्राम गर्ने गर्दथे । पार्क भरि ८ प्रकारका गुलाफको फूल फुल्छन् । शान्त र रमणीय पार्कको वातावरणका कारण मुटु रोगबाट पीडित भएका राजा महेन्द्रले बि.स. २०२४ सालमा टीकापुरमा आएर करिब डेढ महिना आराम गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाण्डू फर्किए र टीकापुर क्षेत्रमा शहरी विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन राजाबाट निर्देशन भएको थियो ।
२०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टीकापुर विकास समिति स्थापना गरी ३ हजार १ सय ७३ विगाह जमिन दिएर शहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो । यहि टिकापुर पार्कबाट कर्णाली नदीमा डल्फीन तथा गोही पनि देखिन्छ । कर्णालीमा डिजेलबाट चल्ने स्टिम बोटबाट चढेर बर्दिया जिल्लासम्म समेत पुग्न सकिन्छ । टिकापुर पार्कमा शनिबार तथा अन्य सार्वजनिक बिदाको दिन वनभोज गर्न आउँनेको पनि घुँइचो लाग्छ । रु २० को टिकट काटेर छिर्न सकिने यस पार्कमा विशेष गरि गुलाफ फुल्ने सिजन भदौ र असोजमा एकै दिन हजारौं मानिस घुम्न आँउछन् । टिकापुर पार्क टिकापुर बजारबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ । बजार पुग्न भने महेन्द्रराजमार्गसँगै जोडिएको लम्कीबाट कच्ची बाटो हुँदै बसमा २ घण्टा यात्रा गर्नुपर्छ । आधुनिक तरिकाले बस्ती बसाल्नकै लागि भनेर टिकापुरमा पुर्वाधार पनि खडा गरिएको छ ।
खर्च र बसाई
पोखरादेखि हरेका दिन १ः३० बजे महेन्द्रनगर जाने बस एसी छुट्छ । उक्त बस भोलिपल्ट बिहान ५ बजेतिर कैलाली जिल्ला आइपुग्छ । कैलालीको लम्की आएपछि त्यहाँबाट लोकल बसमा करिब दुई घण्टामा टिकापुर पार्क पुगिन्छ । पार्ककै आसपास बनाना क्याम्प पनि छ जहाँ केराको परिकारहरु पाइन्छ । साथै कर्णालीमा राफ्टिङ पनि गर्न सकिन्छ । पार्कबाट २४ किमीको दूरीमा कर्णाली पुल र ४८ किमीको दूरीमा घोडाघोडी ताल पनि रहेको छ । यि सबै ठाउँमा एक हप्ता समय छुट्टाएर घुम्दा रु १८ हजार खर्च लाग्छ ।
Related News
सम्बन्धित समाचार
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१