लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भीमादको बाल विकास माविमा पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ।
प्रतियोगितामा भीमाद १ र २ स्थित सम्पूर्ण सामुदायिक विद्यालयका कुल १२ विद्यालयको सहभागिता थियो। जसमा ८ देखि १३ वर्षसम्म उमेर समूहका १२ जना छात्रछात्राले प्रतिष्पर्धा गरेका थिए।
जर्नी अफ पिस विषयक प्रतियोगितामा बाल विकास माविका छात्रा विन्दु थापा प्रथम, अरुणेदय माविका छात्र एकिन थापा द्वितीय र शंकर माविका सुशील थापा तृतीय भए। प्रथमलाई डिष्ट्रिक्टमा पठाइने क्लब अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिए।
विजयीलाई बालविकास मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईमानसिं थापा, प्रअ रामजी सिग्देल, क्लबका अध्यक्ष अर्जुन सिग्देल र क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारी लगाएयले पुरस्कार र सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
क्लब अध्यक्ष अर्जुन सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष रामप्रसाद अधिकारी, क्लबका मेम्वरसीप चेयरपर्सन तीर्थराज सुवेदी, कोषाध्यक्ष दीपेन्द्र चालिसे, बलभद्र निमाविका प्रअ तुलसी सिग्देल लगायतले आ–आफ्ना भनाइ राखेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१