लाहाचोक–पोखरा समाजको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः तिलाराम लामिछाने चयन भएका छन्। उनी समाजको संस्थापक अध्यक्ष समेत हुन्।
समाजको उपाध्यक्षमा ढाकामोहन बास्तोला, सचिव राजेन्द्रप्रसाद अधिकारी, कोषाध्यक्षमा राजेश शाही, सह–सचिवमा समिता अधिकारी छन्। सदस्यमा महेश्वर बास्तोला, जगन्नाथ बास्तोला, मीना अधिकारी, विष्णु दाहाल अधिकारी, दीननाथ अधिकारी र रामबहादुर क्षत्री छन्।
समाजका आजीवन सदस्य कुलबहादुर जिसीले साधारणसभा उद्घाटन गरेका हुन्। कार्यक्रममा जिसी लगायत समाजका सल्लाहकार बाबुराम अधिकारी र सह–सचिव समिता अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलाराम लामिछानेले अध्यक्षको प्रतिवेदन, सचिव ढाकामोहन बास्तोलाले सचिवको प्रतिवेदन र कार्यवाहक कोषाध्यक्ष राजेन्द्रप्रसाद अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा समाजका आजीवन सदस्य केशवप्रसाद बास्तोलाका सुपुत्र अभिषेकलाई सवोर्त्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गरेकोमा सम्मान गरिएको थियो। उक्त अवसरमा समाजका आजीवन सदस्य तथा साधारण सदस्यलाई समेत सम्मान गरिएको थियो।
समाजका अध्यक्ष तिलाराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केदारनाथ अधिकारीले स्वागत र सचिव ढाकामोहन बास्तोलाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१