पोखरा महानगरपालिकाले मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्दैछ।
यसका लागि (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर तयार गरिएको छ। पोखरा २० मौजाको १७ सय मिटर उचाईमा महानगरले फुटवल मैदानसहित अन्य पूर्वाधार निर्माण गर्न लागेको हो। ५६ रोपनी क्षेत्रफलमा फुटवल, बास्केटवल र रेष्टुरेण्टसहितका पूर्वाधार निर्माण हुने डीपीआरमा उल्लेख छ।
‘यसले खेल पर्यटन सँगै जाने भयो। गाउँको होमस्टे पनि फस्टाउछ। डीपीआर अनुसार बास्केटबल र क्यान्टिनको परिकल्पना पनि गरिएको छ, ’ वडाध्यक्ष सीम गुरुङ भन्छन्, ‘भविष्यलाई पनि कभर हुने गरी डीपीआर बनेको छ। यसलाई कार्यान्वयन गर्न सके मौजाको आर्थिक विकास तीब्र हुनेछ। ’ खेलमैदान ५ वर्षभित्रमा पूरा गर्ने लक्ष्य छ। योजनाको लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महानगरले खेलमैदान निर्माणका लागी चालू वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
यहाँ अघिल्लो वर्ष पनि फुटवल मैदान बनाउन ८ लाख खर्च भएको छ। मैदानका लागि भिरालो जमिन काटेर सम्याउने काम गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए। बजारी क्षेत्रबाट अलि टाढा र सडक सञ्जाल नहुँदा यो गाउँ अलि विकट छ। हाई अल्टिच्युडको सबै क्राईटएरिया पूरा नभएपनि पोखराको अग्लो स्थानमा बन्न लागेकोले यसलाई हाई अल्टिच्युड खेल मैदान नाम दिइएको मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए।
‘पोखराको अग्लो स्थानमा भएको मैदान हो। उचाई बाहेक क्राईटएरिया फुलफिल छ। गार्डेन पनि बनाउने भनेको छ। अरु केही खेलहरु पनि समेट्ने कुरा छ, ’ उनले भने। ईन्जिनियर राजु रेग्मीले निर्माणको काम अघिल्लो वर्षदेखि नै सुरु भैसकेको बताए।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१