विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.ले कास्की र लमजुङ सीमाना रुदीखोलामा रुदी ‘ए’ र ‘बी’ जलविद्युत् आयोजना निर्माण क्षेत्रलाई एम्बुलेन्स सहयोग गरेको छ।
एम्बुलेन्स सेवाबाट लमजुङ क्व्होलासोथर ५, ६ र ७ तथा कास्कीको मादी गाउँपालिका ८ र ९ वडाका नागरिक लाभान्वित हुने छन्।
क्व्होलासोथर ६ पसगाउँमा आयोजित कार्यक्रमबीच कम्पनीका प्रमुख कृष्ण आचार्यले रुदीखोला एम्बुलेन्स सञ्चालन उपसमितिका अध्यक्ष ओमप्रकाश गुरुङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्। कार्यक्रममा एम्बुलेन्स सञ्चालन उपसमितिका अध्यक्ष ओमप्रकाश गुरुङले एम्बुलेन्स प्रयोगका लागि प्रतिकिलोमिटर १ सय २० रुपैयाँ भाडादर निर्धारण गरिएको बताए।
उपसमितिका सचिव एवं क्होलासोथर गाउँपालिका ७ तल्लो चरागाउँका खिमबहादुर गुरुङले एम्बुलेन्स नहुँदा उपचारका लागि अस्पताल पुर्याउन ठूलो खर्च लाग्ने गरेको बताए। एम्बुलेन्स सञ्चालनसँगै यातायात खर्चमा आधा कमी आउने उनको भनाइ।
त्यस अवसरमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका उपाध्यक्ष डिलसुन्दर श्रेष्ठ, क्व्होलासोथर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङ, नेकपा क्व्होलासोंथर गाउँ कमिटीका अध्यक्ष सूर्यबहादुर गुरुङ, क्व्होलासोथर गाउँपालिका ७ का अध्यक्ष डीलकुमारी गुरुङ, ५ का अध्यक्ष गितबहादुर गुरुङ, मादी गाउँपालिका ८ का अध्यक्ष यमबहादुर गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ता, पोखरा उद्योग वाणिज्य संघका सदस्य रामेश्वर अधिकारी, नेपाली काँग्रेस पसगाउँ वडा समितिका सभापति पदमबहादुर गुरुङ, पसगाउँ तमु समाज पोखराका अध्यक्ष रामबहादुर गुरुङले बोलेका थिए।
कार्यक्रममा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका प्रमुख कृष्ण आचार्य, उपाध्यक्ष डिलसुन्दर श्रेष्ठलाई सम्मान गरियो।
त्यस्तै, पसगाउँ स्वास्थ्य चौकीका इन्चार्ज धर्मराज चौलागाईलाई पनि सम्मान गरिएको थियो। कम्पनीले एम्बुलेन्ससँगै १ लाख ५० हजार रुपैया समेत एम्बुलेन्स सञ्चालनका लागि सहयोग गरेको छ।
एम्बुलेन्स सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले आर्थिक सहयोग गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङले ५० हजार, एक्याप संरक्षण क्षेत्र व्यवस्थापन समिति पसगाउँले २५ हजार, क्व्होलासोंथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले १५ हजार, पसगाउँ कृष्ण चरित्र समूहले १५ हजार, शान्तिदीप आमा समूह पसगाउँले १० हजार, समूह अध्यक्ष युगदेवी गुरुङले ५ हजार ५ सय ५५, पसगाउँका गमप्रसाद गुरुङले ५ हजार १ सय, वुद्धम् शरणम आमा समूह तल्लो चरागाउँले ५ हजार ५ सय ५५, तल्लो चरागाउँका नौरास गुरुङले १ हजार ५० रुपैयाँ सहयोग गरेका हुन्।
एम्बुलेन्स सञ्चालन उपसमिति अध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका ६ का अध्यक्ष मनलाल गुरुङले स्वागत र एम्बुलेन्स सञ्चालन उपसमितिका सचिव खिमबहादुर गुरुङले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१