एमसीसी विरुद्ध खेल्न मुख्य मन्त्री–११ र कास्की–११ तयार

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
cricket 1_Fotor

क्रिकेटको जननी मानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्न मुख्यमन्त्री–११ र कास्की–११ को टिमले यतिबेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ।

एमसीसी क्लब बिहीबार दुई बटा अलग–अलग टि–२० म्याच खेल्न आगामी आइतबार १० गते पोखरा आउँदैछ। मुख्यमन्त्री– ११ को टिममा प्रदेश स्तरीय खेलाडी सहभागी छन भने कास्की–११ मा कास्कीका खेलाडी सम्मिलित छन। दुबै टिमलाई प्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन। यहि कात्तिक २५ र २६ गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा आयोजना हुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आज भन्दा चार वर्ष अघिको सम्झना दिने प्रशिक्षक प्रजुले बताए। ‘त्यति बेला हामीले एमसीसी विरुद्ध एक दिवसीय खेल खेलेका थियौं’ उनी भन्छन–‘जसमा हामी बिजयी भएका थियौं। ’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जीत अहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनि त्यही नतिजा निकाल्न टिमको तयारी भइरहेको बताउँछन।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने ती दुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल बिकासका लागि महत्वपूर्ण रहने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाई छ। ‘हामी यति बेला १३ औं साग अन्तरगत महिला क्रिकेटको तयारीमा छौं’ उनी भन्छन–‘एमसीसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेट माथि उठेको छ भन्ने सन्देश विश्वभरी फैलिनेछ। ’

चार वर्ष अघि पोखरा ११ ले एमसीसीलाई जितेको क्षण अझै पनि कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ संग ताजै छ। उनले त्यो बेला खेलेको तस्वीर देखाउँदै भने–‘हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यति बेला हाम्रो जीत पोखरा भित्रै सिमित भयो कुनै अबसर पाएनौ। ’ उनले त्यति बेला ८ ओभरमा २ बोट लिएका थिए। टिममा यति बेला यू–१६ का खेलाडीहरु पनि भएकोले उनीहरुले राम्रो अबसर पाउने उनको भनाई छ।

कास्की ११ र मुख्यमन्त्रि ११ को टिम बाट नेपाली राष्ट्रिय टोलीका किशोर महतो, दीपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन। यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदान दिने अनिल गुरुङमा समेत टिममा समावेश हुनेछन भने विपिन खत्री समेत टिममा रहने प्रशिक्षक प्रजुले बताए।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width