दुर्गा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
durga school (1)

पोखरा, १८ कात्तिक । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि सहित विद्यार्थीको आकर्षण बढाउने उदेश्यले यहाँको एक सहकारीले विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री वितरण गरेको छ ।

विरुवा बचत तथा ऋण सहकारी संस्थाद्वारा पोखरा २२ पुम्दीभुम्दी तारेभीरस्थित दुर्गा आधारभूत विद्यालयका ४० जना विद्याथीलाई एक लाख मूल्य बरावरका पोशाक एवम् शैक्षिक सामाग्री वितरण गरेको हो ।

कास्की जिल्ला वचत संघका उपाध्यक्ष भेषराज बरालले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै सहकारी संस्थाहरुले शिक्षा क्षेत्रको विकासमा लगानी बढाउनु पर्नेमा जोड दिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको विकासमा आम्दानीको केही अंश लगानी गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले यस्तो सहयोगले शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width