यहाँको तानसेन नगरपालिका, बगनासकाली र माथागढी गाउँपालिकामा पर्ने माडीफाँटको खेतमा यतिवेला धान काट्ने चटारो छ।
यहाँका किसान यतिवेला धान काट्न, मुठा बाँध्न, उठाउन व्यस्त छन्। कसैले खेतमै धान झारिरहेका छन्। केहीले थ्रेसरबाट पराल र धान छुट्याइरहेको देखिन्छ। जिल्लाको अन्न भण्डारको रूपमा चिनिएको माडीफाँटमा रोपिएको धान स्याहार्न यहाँका किसान बिहानैदेखि बेलुकी अबेरसम्म व्यस्त छन्। माथागढीका मानबहादुर थापाले करिब २० रोपनी खेतमा लगाइएको धान काट्न करिब ५० जना खेतला लगाएको बताए। तर, ती खेतला पर्ममा आएका उनले बताए। ‘गाउँमा ज्यालादारी कामदार पाउन मुस्किल छ, ’ थापाले भने, ‘पहिले छिमेकीको घरमा काम गर्न जान्छौं। त्यसपछि त्यही कामको पर्म (पैंचो) तिर्न उनीहरू आउँछन्। यसरी काम गर्न निकै सजिलो हुन्छ। ’
६ महिनाको बच्चालाई काखमा लिएर खेतमा पुगेकी ढाकाकुमारी कुमालले खेतमै कोक्रो बनाएर बच्चालाई सुताएकी छिन्। उनी साथीहरूसँग खेतमा धान काटिरहेकी छिन्। ‘एक्लै काम गर्न सकिँदैन, गाउँमा पैसा तिरेर खेतला पनि पाइँदैन, ’ उनले भनिन, ‘सिंगो गाउँ मिलेर एकापसमा सबैको धान काट्ने, उठाउने र दाइँ गर्ने अर्थात थ्रेसरबाट धान र पराल अलग अलग गराउने काम गछौर्ं। घरमा एक्लै भए पनि छिमेकीसँग मिलेर आलोपालो काम गर्दा खेती गर्न सजिलो भएको छ। ’
गाउँमा अझै पनि भाइचारको सम्बन्ध कायम रहेको तानसेन नगरपालिका–५ सेतीपोखरीका रवि विष्टले बताए। आफुलाई जान्ने र ठूला नेताहरू भन्नेहरूमा मानवीयता हराउँदै गए पनि गाउँका सामान्य किसानको यस्तो मिलाप अनुकरणीय रहेको उनको भनाइ छ। यस्तै जिल्लाको अर्गली फाँट, हुँगी फाँट, दैलातुङ, रामपुर, कचल, पूर्वखोला फाँटमा समेत यतिबेला धानबाली काट्ने चटारो रहेको छ।
Related News
सम्बन्धित समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१