अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा रेडक्रस सोसाइटी पोखरा १७, उपशाखाको व्यवस्थापनमा पोखरामा रक्तदान कार्यक्रम भएको छ। कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन्।
प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले विपद् समयमा रगतको बढी आवश्यकता पर्ने भएकोले यसप्रकारका कार्यक्रमलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।
रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको सहकार्यमा भएको कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रेडक्रसको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे।
जिल्ला रेडक्रस सोसाइटी कास्की सभापति डोलराज पाण्डेले रेडक्रस सरकारको सहयोगी निकाय भएको बताए।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल लगायतले बोलेका थिए।
रेडक्रस पोखरा १७ का सभापति झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस कास्की शाखा उपसभापति कृष्णप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य र सचिव हरिप्रसाद लम्सालले संचालन गरेको जानकारी कोषाध्यक्ष विजय शाहीले दिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१