६४ औं प्रहरी दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७६
२

पोखरा,२५असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौतिक श्रोत साधन र जनशक्तिको अभावमा पनि नेपाल प्रहरीले देश र जनताको सेवामा सक्रिय रहेको बताएका छन् ।

६४ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखरामा आयोजित श्रद्धाञ्जली एवं पुनरमिलन कार्यक्रमलाई विहीवार सम्वोधन गर्दै मुख्यमन्त्री गरुङले भने–गण्डकी प्रदेश प्रहरी कार्यालयले गर्दै आएको कार्यसम्पादनको उच्च मूल्याङ्कन र देशकै नमूना प्रहरीको रुपमा लिएको छु ।

समय र प्रविधिको विकाससंगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सफल भएको छ, उनले भने–नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री साथै दक्ष वनाई अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्छ । साथै उनले गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि आफूले संघीय सरकार समक्ष विशेष पहल गरिरहेको कुरा सुनाए ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले अमर प्रहरी प्रति श्रद्धासुमन व्यक्त गर्दै सहिदहरुले देखाएका सपनालाई साकार पार्न सबैजना मिली हातेमालो गर्दै दण्डहिनता अन्त्यका लागि अथक प्रयास गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नागरिक मैत्री सुरक्षित वातावरण, कानूनको सर्वोच्चता र जनताको सर्वोपरिता, संगठित अपराध नियन्त्रण र अनुसन्धान जस्ता जटिल कार्यहरु प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने देखिएकाले सरोकारवाला निकायहरुसंग सहकार्यका लागि नेपाल प्रहरी समुदाय–प्रहरी साझेदारी अवधारणा ल्याइएको बताए ।
साथै उनल नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको प्रमुख आवश्यकता र अपरिहार्यता रहनुका साथै नेपाल प्रहरी संगठनमा प्रादेशिक संरचना स्थापित भईसकेको अवस्थामा यस्ता पूर्वाधार विकासमा प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गरे ।

संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले अमर प्रहरी परिवारहरुलाई दोसल्ला ओढाई सम्मान गरेकी थिइन् ।

कार्यक्रममा प्रहरी दिवसको अवसरमा सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै प्रहरीको भौतिक तथा र्आिथक पक्षमा सहयोग गरी शान्ति सुरक्षा अमनचयन कायम गर्ने प्रहरीको मुलभूत कार्यमा उल्लेखनीय योगदान पु¥याउने तथा विभिन्न विधामा उत्कृष्ट काम गर्ने व्यक्ति र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा कदर पत्र समेत प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width