‘छ माया छपक्कै’को पोष्टरमा दिपक गिरी र केकी अधिकारी

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
Chha Maya Chhapakkai_Fotor

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म ‘छ माया छपक्कै’ को केही पोष्टर एकसाथ सार्वजनिक गरिएको छ। पोष्टरमा दिपकराज गिरी र केकी अधिकारी देखिएका छन्। असोजको २४ गने प्रदर्शनमा आउन लागेको फिल्म युनिट यतिखेर फिल्मको प्रचार प्रसारमा जुटेको छ।

दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जीतु नेपाल लगायतका कलाकारको रोमान्टिक तस्बिरहरु पोष्टरमा समेटिएको छ। राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयमा फिल्म बनेको निर्माण टोलीले दाबी गर्दै आएको छ।

दीपेन्द्र लामाको निर्देशन, दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको फिल्ममा मुख्य अभिनय छ।

रोहित अधिकारी निर्माता, केदार प्रसाद घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन्। दीपकराज गिरीको पटकथा लेखन रहेको फिल्ममा दीपकराज गिरी, केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले मिलेर संवाद तयार पारेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै