पोखरा, ८ असोज । विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ ।
कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो ।
पछिल्ला वर्षमा सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदै गएको अवस्थालाई दृष्टिगत गर्दै ती विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि होस् भन्ने उद्देश्यका साथ अत्यावश्यकीय शैक्षिक सामग्री वितरण गरिएको सङ्घका अध्यक्ष कृष्णप्रसाद काफ्लेले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदा राज्यको लगानीसमेत खेर गइरहेको सङ्घका सचिव रविन पौडेलले बताए । विद्यार्थीलाई सामान्य शैक्षिक सामग्रीको सहयोगले मात्रै पनि विद्यालय जाऔँ जाऔँ भन्ने वातावरण सिर्जना हुने बताउँदै उनले विश्वव्यापीरूपमा बढिरहेको शैक्षिक गुणस्तरलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान
विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत
फिस्टेल एसइई कप २०८१ को तयारी
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१