क्यानडाको टोरन्टोमा सिने स्टार अवार्डको तयारी

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Cine Star Award, Canada Toranto_Fotor

क्यानडाको टोरन्टोबाट ‘सिने स्टार अवार्ड २०२०’ हुने भएको छ। जनवरीको अन्तिम साता क्यानडाको टोरन्टोमा अवार्ड हुने घोषणा गर्ने बताइएको छ। हिल्सा इन्टरटेनमेन्ट प्रालि नेपालको मुख्य आयोजनामा हुने अवार्ड जीटीए लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टी भिजन क्यानडाको सहकार्यमा हुनेछ।

जनवरी ३१ तारिखमा नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा अवार्डको आयोजना हुन लागेको हो। १२ विधामध्ये जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल १४ विधामा अवार्ड र सम्मान वितरण हुनेछन्।

प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सीपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन्। मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी अवार्डको निर्णायक तहमा रहनेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width