मुक्तक मञ्च पोखरामा आचार्य

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७६
mutak_Fotor

मुक्तक मञ्च पोखराको शनिवार सम्पन्न १२ औं साधारण सभा तथा सातौं अधिवेशनले रामजीप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा भरत पौडेल, सचिवमा अनिता दाहाल र श्रीराम अधिकारी, कोषाध्यक्षमा केआर ढकाल र सहसचिवमा हिरा अधिकारी‌ निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा संगीत लामिछाने, भेषराज पौडेल, रमा खतिवडा र अशोक भुतेर्ल रहेका छन्।

मञ्चको निर्वाचनमा सचिव र कोषाध्यक्ष पद बाहेक अन्य सबै पदाधिकारी सर्वसम्मत चयन भएका थिए। सचिव पदका लागि अनीता दाहाल र श्रीराम अधिकारी गोजेर्ले प्रतिश्पर्धा गरेकामा दुवैले समान ३३ मत पाएकाले २ वर्षे कार्यकाल पहिलो अनिता र दोस्रो श्रीराम अधिकारीले सचिवको जिम्मेवारी निभाउने भएका छन्।

यस्तै कोषाध्यक्षमा केआर ढकाल र भरत पौडेल अञ्जान बीच भएको निर्वाचनमा ढकालले ३५ मत ल्याएर निर्वाचित भए भने भरत पौडेल अञ्जानले ३१ मत प्राप्त गरे।

साहित्यकार दीपक समीपको संयोजकत्वमा गठित लक्ष्मण थापा र सञ्जीव पौडेल रहेको तीन सदस्यीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको थियो।

सभाको उद्घाटन सत्रको प्राज्ञ तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए।

सोही समारोहबीच मुक्तककार सरु लामिछानेलाई पोखरेली मुक्तक सम्मान–२०७६ बाट सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width