पोखरा,१७ भदौ । फूलबारी क्लब पोखरा–११ फूलबारीद्वारा आयोजित तेश्रो वडा स्तरीय तीज गीत प्रतियोगितामा रामचौतारी समूह प्रथम भएको छ ।
प्रतियोगितामा धरहरा आमा समूह द्धितीय, कालिका आमा समूह काहूँ तृतीय र महाकालेश्वर आमा समूहले सान्त्वना स्थान हाँसील गरे । उत्कृष्ठ भेषभूषा दिदी बहिनी समूह र नृत्यमा अंकिता लामिछानेको समूह पुरस्कृत भएका छन् । प्रतियोगितामा प्रथम २० हजार, द्धितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना ५ हजार, उत्कृष्ट भेषभूषा र नृत्यलाई २/२ हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रतियोगिताको उद्घाटन गदै विकास निर्माणको आधारशीला महिलाहरुलाई प्रत्येक विकास कार्यमा समान सहभागीको खाँचो रहेको विचार व्यक्त गरे । त्यसैगरी वडा सदस्य तीर्थकुमारी गुरु·ले संस्कृतिको विकास गदै विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।
क्लबका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ओम डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, ई.धर्मराज कोइराला,पूर्व अध्यक्ष शिवहरि बास्तोला, सफामार्ग महिला समूहकी अध्यक्ष बाला गुरु·, धरहरामार्ग आमा समूहकी अध्यक्ष सिर्जना बास्तोला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली, सरला पाण्डे,सरस्वती लामिछाने र शिवहरि ढुंगाना लगायतले आ–आफनो प्रस्तुति राखेका थिए । मनोरञ्नात्मक खेल अन्तर्गत रस्साकसी प्रतियोगितामा दामोदर लामिछानेको समूह प्रथम भयो भने महिला घैटो फुटाउने खेलमा अनुश्रीया लामिछाने र दीक्षा पौडेल विजयी भएका थिए । ओम डेभलपमेण्ट बैंक मुख्य आयोजक रहेको कार्यक्रमको स्वागत उपाध्यक्ष हरिश्चन्द्र बास्तोला, धन्यवाद ज्ञापन संयोजक रजनी बास्तोला र सञ्चालन सचिव मनोज बास्तोलाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
थारु समुदायको संसारी पूजा स्थगित
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१