पोखरा, १५ भदौ । नारी जागरण अभियान गण्डकी प्रदेशले विभिन्न परिस्थिति, परिवन्ध र वाध्यताले जेलमा कैद भुक्तान गरिरहेका महिला कैदी वन्दीसँग सामुहिक दर खाएर मनाएको छ ।
तीज पर्व सवै महिलाको समान पर्वका रुपमा रहेकाले वन्दी जीवन विताएका महिलाहरुको पनि उत्तिकै उल्लासको पर्व भएकाले सँगै दरखाने कार्यक्रम संचालन गरेको अभियानकी संयोजक अभियान्ता अन्जु क्षेत्रीले वताइन् ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले परिस्थिति र परिवन्धले वन्दी भए पनि यसलाई सुधारगृहको रुपमा सोचेर सकारात्मक कामका मन लैजान अनुरोध गरिन् । उनले भनिन्–“जेल पर्ने सवै अपराधी हुदैनन् म पनि राजनीतिक आस्थाका कारणले वन्दी जीवन विताएकी थिए त्यसैले यहाँ भित्र हुनु भनेको आफुलाई कमजोर सोच्नु होइन ।” उनले सवै वन्दीहरु आफ्ना छोरी वहिनी समान भएकाले जीतकै अवसरमा दरखुवाउन पाउँदा निकै खुशी लागेको धारणा राखिन् ।
यस्तै प्रदेश सासद गायत्री गुरुङले जानेर नजानेर गरेका गल्तीहरुमा पश्चाताप नगर्न अनुरोध गरिन् । उनले भनिन्–“हामी जानेर गल्ती गर्दैनौ तर गल्ती भईहाल्छ त्यसम पश्चाताप गर्नु भन्दा सकारात्मक काममा ध्यान दिएर समाज रुपान्तरण सहभागि हुन जरुरी छ ।”
अभियानले तीजमा हुने विकृती रोक्ने भन्दै प्रदेश सरकार र स्थानीय सरकारलाई ज्ञापनपत्र वुझाउदै होटल तथा रेष्टुरेण्टहरुमा एक महिना अगाडि देखी हुने तीजको नामको भोज भतेर वन्द गर्न अनुरोध गरेको थियो । सोही अनुसार तीज सवैको हो भन्ने जानकारी दिन सवैलाई अनुरोध गर्दै अभियानले रचनात्मक तरिकाले तीजलाई मनाएको पनि संयोजक अभियान्ता अन्जुले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१