विन्ध्यवासिनी माविमा भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
school photo

पोखरा, ८ भदौ । वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा नयाँ पक्कीभवन निर्माण हुने भएको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैंयाँको लागतमा निर्माण हुने आठ कोठे भवनको आइतवार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गरिन् ।

शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री पुनले सुरक्षित भवन र वातावरणमा वसेर अध्ययन गर्न पाउनुपर्ने वालवालिकाको नैसर्गिक अधिकार रहेको बताइन् । उनले २०७२ सालको विनासकारी भूकम्प देशका धेरै विद्यालयलाई क्षति पु¥याएको स्मरण गर्दै त्यस्ता भवनको पुर्ननिर्माणमा सरकार गम्भीर रुपमा लागेको र प्रगति पनि उल्लेख्य रुपमा भैरहेको बताइन् । “शिक्षा क्षेत्रको आमूल परिवर्तन मात्र होईन, क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा पनि सरकार गम्भीर रुपले लागेको छ ” मन्त्री पुनले भनिन् ।

उनले भवनलाई समयमा नै सम्पन्न गर्न र अभावका बीचमा पनि अध्ययन अध्यापनलाई निरन्तरता दिन सुझाव दिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको तर शिक्षक दरवन्दी न्यून हुदाँ कठिनाई परेको उल्लेख गर्दै दरवन्दी थप गरिदिन आग्रह गरे ।
प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जोखिमयुक्त भवन भत्काएपछि भवनको थप समस्या परेपनि अव छिट्टै समाधान हुने विश्वास व्यक्त गरे

उक्त अवसरमा विद्यालयका सूचना अधिकारी रामबहादुर वाँनियाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका वारेमा जानकारी गराएका थिए । साउदी अरेविया सरकारको आर्थिक सहयोग र प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको समन्वयमा निर्माण हुने पक्की भवन चैत मसान्तसम्ममा सम्पन्न गरिने सूचना अधिकारी वाँनियाले बताए । २०७२ साल वैशाख १२ गते गएको विनासकारी भूकम्पले विद्यालयको भवनलाई क्षति पु¥याएको थियो ।

Related News

सम्बन्धित समाचार

  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…
  • पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा युवा रेडक्रस सर्कलको पुनर्गठन भएको छ । कार्यसमिति अध्यक्षमा कक्षा १० का अविरल आचार्य,…
  • बड्स एकेडेमीमा सदन विभाजन

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो,…
  • व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा ।  पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय,…
  • पिसिएममा पाइथन प्रोग्रामिङ तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम सम्पन्न छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

hero news full width