एक महिने ज्योतिष विद्या प्रशिक्षण सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७६
jyotish 2

पोखरा, ५ भदौ । नेपाल ज्योतिष परिषद् कास्कीले एक महिने प्रारम्भिक ज्योतिष विद्या अध्ययन गरेका प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरेको छ ।
औपचारिक र अनौपचारिक रुपमा ज्योतिष विद्या प्रदान गर्दै आइरहेको परिषदले साउन महिनाको शुक्र अस्तको समयलाई उपयोग गर्दै प्रारम्भिक ज्योतिष अध्ययनको व्यवस्था गरेको हो ।

परिषदले आयोजना गरेको उक्त कक्षामा शिक्षण तथा प्राज्ञिक क्षेत्रमा कार्यरत सहित अन्य विविध विधामा कार्यरत प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए । यसरी भेला भएका प्रशिक्षार्थीहरुलाई ज्योतिष गुरु भिमनाथ कुइँकेलले प्रशिक्षण दिएका थिए ।

साउन महिनाभरी सम्पन्न उक्त प्रशिक्षणको समापन कार्यक्रम नेपाल ज्योतिष परिषद कास्कीका अध्यक्ष बासुदेव सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि नेपाल ज्योतिष परिषदकी केन्द्रीय उपाध्यक्ष प्रेमकुमारी गुरुङ्ग, विशेष अतिथि नेपाल ज्योतिष परिषद केन्द्रीय उपमहासचिव हरि काश्यप शास्त्री, अतिथि नेपाल ज्योतिष परिषद गण्डकी अध्यक्ष रामप्रसाद कोइरला रहेका थिए भने कार्यक्रम सञ्चालन नेपाल ज्योतिष परिषद कास्कीका सचिव शिवदत्त रेग्मीले गरेका थिए ।

कार्यक्रममा बोल्दै परिषद कास्कीका अध्यक्ष बासुदेव सुबेदीले ज्योतिष विद्याको संवद्र्धन गर्न परिषद निरन्तर कटिबद्ध रहने कुरा बताए । ज्योतिष विद्या धर्मसँग जोडिएकोले यसलाई जोगाउन सबै पक्ष इमान्दार बन्नु पर्नेमा सम्पुर्ण वक्ताहरुको जोड थियो । त्यसकारण पेशागत हितका साथै समाजमा स्थिरता र दिगो शान्ति कायम गर्न धर्मको कडीलाई बाचाइराख्न ज्योतिषीय विज्ञानको ठूलो महत्व रहेको कुरामा उनीहरुको जोड थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width