गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको जनाएको छ।
यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल इनभेष्टमेण्ट कम्पनीबीच सोमबार सम्झौता भएको छ।
मन्त्रालयतर्फबाट सचिव दुर्गाप्रसाद दवाडी र ग्लोबल क्यापिटलतर्फबाट अध्यक्ष देवमान हिराचनले सम्झौतापत्रमा हस्ताक्षार गरेका छन्। सम्झौता अनुसार प्रदेशका किसानले उत्पादन गर्ने प्रांगरिक कृषि समाग्री देश तथा विदेशमा खपत गर्ने जिम्मेवारी ग्लोबल क्यापिटलको हुनेछ।
साथै कृषिसम्बन्धी नया विधि तथा प्रविधिका विषयमा ग्लोबल क्यापिटलले सहयोग गर्नेछ। यसको समन्वय मन्त्रालयले गर्नेछ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सम्झौताले किसानको उत्पादन बिक्री नहुने समास्या अब नरहने बताए। उनले ग्लोबल क्यापिटलसँग थप छलफल गरी विस्तृत कार्ययोजना नै बनाएर अगाडि बढ्ने जानकारी गराउँदै सम्झौता प्रांगारिक बजार प्रशोधन र प्रवद्र्धनमा महत्वपूर्ण कदम बनाएको बताए।
कृषिमा रसायनिक बस्तुको प्रयोग निरुत्साहित गर्दै प्रांगारिक उत्पादन बढाउने प्रदेश सरकारको नीति अनुसार नै सम्झौता भएको समेत उनले प्रष्ट्याए। ग्लोबल क्यापिटलतर्फबाट अध्यक्ष देवमान हिराचनले प्रांगरिक उत्पादनको माग आज धेरै देशबाट भैरहेको भन्दै प्रदेशको उत्पादनको बजारमा पुर्याउन चाहिरहेको बताए। उनले मिलेर अगाडि बढेमा मात्र यो सम्झौताको औचित्य पुष्टि हुने भन्दै कृषिमा नया प्रविधि प्रदेशका किसानलाई सिकाउन समेत आफूहरु तयार रहेको बताए।
देशमा १ सय ५० वर्षदेखि एकै तरिकाको विधिमा कृषि निर्भर रहेकोले यसलाई सबै मिलेर परिवर्तन गर्नुपर्ने हिराचनको भनाइ छ। कृषि मन्त्रालयले गरेको यो छैटौ एमओयु सम्झौता हो। यसअघि चिनियाँ कम्पनी, कृषि विकास बैंक प्रदेश कार्यलाय, कृषि, वन विज्ञान क्याम्पस रामपुर, लि–वर्ड र नापी विभागसँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी एमओयु सम्झौता मन्त्रालयले गरिसकेको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१