पोखरा,२७ साउन । पोखरा महानगर पालिका–२६ ले भड्किलो तीज रहित वडा बनाइने भएको छ । वडाका ३५ आमा समूह र महिला संजालले वडालाई भड्किलो तीज रहित बनाउने अभियान चलाएका हुन् ।
वडा नं २६ का अध्यक्ष नारायण बरालले भने–“हामीले तीज मनाउने हो तर तारे होटल र पार्टी प्यालेस संस्कारलाई बिकृती तर्फ लैजाने गरी तीजको दरका नाममा हुने कृयाकलापलाई पूर्ण रुपमा वन्देज गर्न आव्हान गरेका हौं ।” वडा महिला संजाल, आमा समूहको सामुहिक प्रयासबाट यो काम सफल भएको उनले बताए ।
अभियान स्वरुप ५ सय भन्दा बढी महिलाहरु सडकमा निस्केर सामुहिक प्रतिवद्धता समेत जनाएका थिए । महिला संजालकी अध्यक्ष मुरली थापाका अनुसार हामीले तीजका नाममा धेरै नै बिकृती भित्र्याएका छौं त्यसो नगरौ भनेर यो अभियान चलाएका हौं । उनले भनिन् ।
“म पनि तीज मनाउँछु तर तीज कहाँ र कसरी मनाउने हो भन्ने बारेमा हामीलाई थाहा हुनु पर्छ ।” तीज भनेको ऋण खोजेरै भएपनि होटलमै मनाउने परिपाठी वन्द गरौ भन्ने नै हो उनले भनिन् ।
वडाध्यक्ष बरालले दशै तिहार लगाएतका अन्य चार्डहरुलाई पनि हाम्रो सस्कार अनुसार नै मनाउन पनि सवै सँग आग्रह गरे ।आफ्नो वडामा हुने कुनै पनि विवाह तथा उत्सव पनि भड्किलो तरिकाले मनाउने प्रचलनलाई हटाउने गरी सामुहिक छलफल भईरहेको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१