म्याग्दी ,२३ साउन । म्याग्दीको बेनी नगरपालिका–५ गाजने स्थित ऐतिहासिक धार्मिक स्थल जगन्नाथको रथयात्रा तथा सरकारी भोज (खिर खाने ) कार्यक्रम हुने भएको छ ।
जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा आगामी साउन २७ गते भगवान जगन्नाथको रथयात्रा संगै सरकारी भोज हुने विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
ऐतिहासीक धार्मिक एवं पर्यटकीय स्थल जगन्नाथ मन्दिरको प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिका रामबहादुर बानियाँले जानकारी दिए । उनका अनुसार साउन २७ गते गाजने परिसरमा जगन्नाथको रथयात्रा गराइने छ ।
ऐतिहासीक पर्वत राज्यका समालवंशी तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब )ले अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको इतिहासमा उल्लेख रहेको आयोजक समितिका कोषाध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिए । जगन्नाथको रथयात्राको दिनमा भोज खुवाउने प्रचालनलाई सरकारी भोज भनिएको कोषध्यक्ष पौडेलको भनाइ छ ।आयोजक समितिका अध्यक्ष बानियाँको अध्यक्षता र स्थानीय दीपक पौडेलको संचालनमा कार्यक्रम समापन भएको थियो ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१