एम्बुलेन्स संचालन गर्न महायज्ञ

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
sumo-ambulance-gallery01

तनहुँ, २२ साउन । तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटार माविले एम्बुलेन्स सेवा संचालन गर्ने उदेश्यले महायज्ञ संचालन गरेको छ।

व्यास नगरपालिका भएर पनि वत्तीमुनीको अधेरो भने झै विकासका कुनै पूर्वाधार नभएको वडाका रुपमा केशवटारलाई चिनिने गरिएको व्यास नगरपालिका –१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।

साउन १९–२६ गतेसम्म संचालन गरिने उक्त विराट ज्ञानमहायज्ञमा २० लाख रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको र ग्रामीण भेगका जनतालाई एम्बुलेन्स सेवा उपलब्ध गराउने उदेश्यल रहेको वडाध्यक्ष श्रेष्ठले बताए ।

महायज्ञ संचालन हुनु अघि नै ८ लाख १ हजार १ सय १ रुपैयाँ संकलन भइसकेको जानकारी केशवटार माविका प्रधानाध्यापक दुर्गाबहादुर आलेले वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै