पोखरा–१७ साउन । क्षत्री समाज पोखरा–१६ ले विषादीयुक्त खानेकुराको प्रभाव र यसको निराकरण विषयक सचेतना कार्यक्रम गरेको छ ।
पछिल्लो समय मिसावटयुक्त खानाका कारण मानव स्वास्थ्य प्रतिकुल बन्दै गईरहेको अवस्थामा ग्रिन नेपाल र सत्यनाम अस्पताल ललितपुरको सहयोगमा वाटुलेचौरका गृहणीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै समाजका केन्द्रीय सल्लाकार उदयबहादुर वस्नेतले युगको परिवर्तनसगँसगै जनस्वास्थ्यका विषयमा सबैपक्ष गम्भीर वन्नुपर्नेमा जोड दिए । क्षत्री समाज गण्डकी प्रदेशका अध्यक्ष एवं कृषिविज्ञ वेनीबहादुर वस्नेतले विषादीयुक्त खानेकुराले मानव स्वास्थ्य मात्र नभई प्रकृतिलाई नै प्रभाव पार्ने भएका कारण यसको निराकरण आवश्यक रहेको बताए ।
समाजका अध्यक्ष केशवबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ग्रिन नेपालका अध्यक्ष रामकुमार राई र सदस्य रमेश खनालले सहभागीलाई विषादीयुक्त खानाको पहिचान र निराकरणका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रम समाजका प्रवक्ता पार्वती वस्नेतले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१