हुम्ला, १४ साउन । एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ छ ।
जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ मा रहेको लेकमा खर्कमा वर्षा लागेसँगै पाटनमा चरिचराउ गर्न लगिएका दुई दर्जनभन्दा बढी पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेपछि पशु मरेका छन् ।
वडा नं ५ दुर्पागाउँ निवासी पशुपालक कृषकले गाउँभन्दा टाढा रहेका खर्कमा लगेका पशुवस्तु यतिबेला मर्न थालेको दुर्पागाउँ निवासी देवसिंह रोकायाले बताए । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई ठूलो नोक्सानी भएको उनले जानकारी दिए ।
यसैगरी जिल्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ । खार्पुनाथ गाउँपालिकामा पशुचौपायलाई उपचारका लागि औषधि भए पनि स्वास्थ्यकर्मी नभएको र कर्मचारी समायोजनका कारण समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
रावलका अनुसार एक गाउँ एक प्राविधिकलाई गाउँबाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताए । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्य शाखामा कर्मचारी अभाव भएकाले पशुवस्तुलाई भ्याक्सिनसहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउन समस्या भएको अध्यक्ष रावलले जानकारी दिए । सर्केगाड गाउँपालिकामा पनि महामारी फैलिन नदिन जिल्लाका लेकमा रहेका विभिन्न खर्कमा स्थानीय निकाय लागिपरेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिए ।
एउटै वडामा पाँचपशु मरे
सिमकोट गाउँपालिका–७ मा जिब्रेन, खोरेत रोगले पाँच गाईवस्तु मरेका छन् । एक महीनादेखि देखापरेको यो रोगबाट पशुवस्तु मर्न थाले पनि औषधिको अभाव भएको गाउँपालिका पशु स्वास्थ्य शाखाले बताएको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखामा दुई प्रकारको औषधि मात्रै हुँदा किसानले निजी मेडिकलबाट महङ्गो औषधि किनेर लिनुपरेको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।
पशु स्वास्थ्य शाखामा औषधि नहुँदा खाली भएको सिरिन्ज लिएर गाउँपालिकाबाट फिर्ता हुनुपरेको अर्का किसान हरिबहादुर शाहीले दुखेसो गरे । गाउँमा फैलिएको रोगका कारण पशुवस्तु मर्नुका साथै बिरामी पशुवस्तु थला पर्न थालेका छन् ।
वडा नं ७ मा शान्ति शाहीको एउटा जुमा, शीरबहादुर शाहीका दुई गाई, अजय शाहीको एक झोपा एउटा गाईसहित दुई बाछा मर्दा रु दुई लाखभन्दा बढी क्षति भएको उहाँले जानकारी दिए । हुम्लामा एउटा जुमाको मूल्य ७० हजार रुपैयाँ पर्ने गर्दछ भने गाईको ३० हजार रुपैयाँ पर्ने गरेको छ ।
सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा दुई दर्जन पशुवस्तु मर्दा रु पाँच लाखभन्दा बढी क्षति पुगेको किसान देवसिंह रोकायाले जानकारी दिए । सिमकोट गाउँपालिका पशु शाखाका प्रमुख हिराजन शाहीले नयाँ आर्थिक वर्ष लागेकाले औषधि अभाव भएको बताए । उनले आठवटै वडाका पशुपालक कृषकले फैलिएको रोगको बारेमा जानकारी दिन नआएको र औषधिमात्रै माग्न आएको बताए ।
स्थानीय निकायमा सोझै बजेट आउँदा खोरेत रोगलगायतका रोगको पहिचान, रोकथाम, उपचार र जैविक सुरक्षासम्बन्धी प्रचारप्रसार गर्दै किसानस्तरसम्म पठाइने गरिएको भनिए पनि पशु स्वाथ्यकर्मीकै अभावले अहिले रोग प्रभावित क्षेत्रमा पशु स्वास्थ्यकर्मी पठाउन नसकिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष रावलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
वडा १२ मा डेंगु सम्बन्धी सचेतना र र्याली
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१