हेमजा साहित्य प्रतिष्ठानको सम्मान

साहित्यले राजनीतिलाई मार्गनिर्देशन गर्छ : सांसद बराल

आदर्श समाज सम्वाददाता
श्रावण ९, २०७६
kala hemja_Fotor

हेमजा साहित्य प्रतिष्ठानको स्थापना दिवसका बीच सम्मानित व्यक्तित्व सामूहिक तस्वीरमा। तस्वीर :श्रीभद्र पौडेल/आदर्श समाज।

गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले साहित्यले राजनीतिलाई मार्गनिर्देशन गर्ने बताएका छन्।

पोखरा–२५, हेमजास्थित हेमजा साहित्य प्रतिष्ठानको बुधवार सम्पन्न २१ औं स्थापना दिवस, २० औं साधारणसभा सम्मान तथा एक सय ९५ औं शुभप्रभात काव्यमालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद बरालले उक्त कुरामा जोड दिएका हुन्।

अतिथि बरालले साहित्यको क्षेत्र बहुआयामिक भएको चर्चा गर्दै राजनीतिलाई मूल धारमा हिँडाउने काममा साहित्यको योगदान महत्वपूर्ण रहेको औँल्याए।

सांसद बरालले साहित्य गरिखाने र ठगी खाने दुवैथरि भएकाले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक निष्कर्षमा पुर्याउने साधनामा लाग्न स्रष्टालाई अनुरोध गरे।

सांसद बरालले प्रतिष्ठानका गतिविधि सुव्यवस्थित र थप परिस्कृत बनाउनका लागि आफ्ना तर्फबाट सक्दो सहयोग रहने बताए।

प्राज्ञ सूर्य खड्का बिखर्चीले पढेर मात्रै साहित्यकार नभइने र त्यसका लागि गहिरो साधना चाहिने उल्लेख गरे।

साहित्यको विकास नभई देशको विकास नहुने उनको ठोकुवा थियो।

प्रतिष्ठानले स्थापना दिवसकै सन्दर्भ पारेर विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई समाजसेवा सम्मान अर्पण गरेको छ। यसरी सम्मानित हुनेमा समाजसेवी दानबहादुर थापा, पूर्णलाल भण्डारी, कुलचन्द्र बास्तोला, विष्णुकुमारी अधिकारी पौडेल र पदमलाल अधिकारी रहेका छन्।

यस्तै संस्थाको नियमित सञ्चालन हुँदै आएको शुभप्रभात काव्यमालामा वर्षभरमा बढी सहभागी हुने तीन स्रष्टा साधकलाई शुभप्रभात सम्मानबाट सम्मान गरेको छ।

यसरी सम्मानित हुनेमा ढुण्डीराज ज्ञवाली, भगवती पौडेल र जगन्नाथ बास्तोला रहेका छन्।

समारोहमा सम्मानितका तर्पmबाट बोल्दै दानबहादुर थापाले सम्मानले थप हौसला थपेको जनाएका थिए।

सोही समारोहबीच संस्थाको १ सय ९५ औं शुभप्रभात काव्यमालासमेत सञ्चालन गरिएको थियो। काव्यमालामा भरतचन्द्र गौतम, ढुण्डीराज ज्ञवाली, सूर्य गिरीले रचना वाचन गरेका थिए भने पोषराज पौडेलले नृत्य प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका आजीवन सदस्य ईश्वरीप्रसाद बास्तोलाले सम्मानित प्रतिभा विष्णुकुमारी अधिकारी पौडेल र कुलचन्द्र बास्तोला तथा प्रतिष्ठानका सदस्य परशुराम अधिकारीले सम्मानित प्रतिभा दानबहादुर थापा, पद्मलाल अधिकारी र पूर्णलाल भण्डारीको व्यक्तित्व माथि प्रकाश पारेका थिए।

प्रतिष्ठानका सहसचिव तथा प्रतिभा छनौट समितिका संयोजक बलराम पौडेलले मूल्याङकनका आधार पेश गरेका थिए।

संस्थाका सचिव बसन्त बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुनिल गायकद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो।

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले स्वागत तथा सञ्चालन सचिव बसन्त बास्तोलाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width