स्वतन्त्र पत्रकार संघ कास्कीले संघका राष्ट्रिय पदाधिकारीको स्वागत तथा सम्मान गरेको छ।
संघको बन्दीपुरमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय समिति अध्यक्ष केवी मसाल, वरिष्ठ उपाध्यक्ष केवी सम्राट, महासचिव जीवलाल सुवेदी, कोषाध्यक्ष शालिग्राम पाण्डे र प्रदेश ५ पार्षद् वसन्त भट्टलाईलाई पोखरामा सोमवार समारोह आयोजना गरी सम्मान गरिएको हो।
यस्तै, संघको राष्ट्रिय समितिमा रहेर विगतमा योगदान पुर्याएकोमा संघका सल्लाहकार भूपनिधि पन्त, तीलकमान गुभाजु, नारायण कार्की, विश्वरत्न शाक्य, उदयबहादुर अमात्य, यज्ञप्रसाद बास्तोलालाईसमेत सम्मान गरिएको छ।
प्रमुख अतिथि अग्रज पत्रकार प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, निवर्तमान महासचिव नवराज पहाडी, संघका शाखा अध्यक्ष असफल गौतम, सहसचिव गंगासागर उपाध्यायलगायतले माला, अवीर, सम्मानपत्रसहित सम्मान अर्पण गरेका थिए।
प्रमुख अतिथि पराजुलीले संघको गरिमा र महिमा उचो बनाउन नयाँ नेतृत्वले थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे। अतिथि पराजुलीले भने, ‘संघ स्थापनाको औचित्य र यसका कार्यदिशाबारे सम्पूर्णलाई अवगतै छ, अब सुन्दर भविष्यका लागि कर्म गरौं। ’
संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघलाई अग्रजको साझा थलोका रूपमा औल्याउँदै संघले पछिल्ला पुस्तालाई मार्गनिर्देशन गर्न महत्वपूर्ण भूमिका निवार्ह गर्ने धारणा राखे।
संघका राष्ट्रिय अध्यक्ष केवी मसालले स्वतन्त्र पत्रकार संघ हिजो विभिन्न अप्ठ्यारासँग लडेर आएका र पत्रकारितामा बामे सर्दै गरेका दुवैथरी कलमजीवीको संस्था भएकाले सबै सन्दर्भलाई समायोजना गर्दै अगाडि बढ्न पाउनु सौभाग्य भएको बताए।
संघका सल्लाहकार विश्वरत्न शाक्यले पछिल्ला घटनाक्रमले आफूलाई पत्रकार भर्ने चिनाउँदा नाक खुम्च्याउनुपर्ने अवस्था आएको धारणा राखे। साथै उनले भने, ‘हिजो स्वतन्त्र पत्रकारमा नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था भएकोमा पछिल्लो समय संस्थाप्रति देखिएको आशा र भरोसामा तुषारापात हुनु हुँदैन’।
शाखा अध्यक्ष असफल गौतमले सरकारले ल्याउन लागेको काउन्सिल विधेयक सन्दर्भमा सञ्चारमन्त्रीका पछिल्ला अभिव्यक्तिले प्रेस स्वतन्त्रता रक्षाका लागि संघले नयाँ रणनीति तय गर्नुपर्ने धारणा राखे।
शाखा उपाध्यक्ष तीलक थापा तथा सहसचिव गंगासागर उपाध्यायले संघको राष्ट्रिय समिति नमूना समितिका रुपमा निर्वाचित भएकाले यसले नमूना कार्यक्रम गरेर संघको पृथक पहिचान स्थापना गर्न आवश्यक रहेको धारणा राखे।
संघको बैठकले भदौ ८ गते प्रस्तावित काउन्सिल विधेयकका विषयमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, असोज ३ गते गण्डकी प्रदेशमा स्वतन्त्र पत्रकारिता विषयमा अन्तरक्रिया, संघको सञ्चार डायरी प्रकाशनलगायत विविध निर्णय गरेको संघ कोषाध्यक्ष ओम उपाध्यायले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१